
आजको प्राबिधिको युग फास्ट ट्र्याकमा दौडिरहेको छ।हरेक कुरा फास्ट गतिमा चलिरहेको छ।यहि दौडानमा कति राम्रा त कति नराम्रा अवस्था भोग्न बाध्य छौ हामी। एकले अर्कोलाई उछिनेर प्रथम हुने होडमा सर्बस्व गुमाएर बर्बाद बनेका र बनाइएका समाचार दिनहु देखेकै छौ भोगेकै छौ।एउटा लाई गिराएर नराम्रो बनाएर कहिल्यै अर्को राम्रो हुन सक्दै सकदैन। आफू राम्रो हुन अरुलाई नराम्रो बनाउनु जस्तो नराम्रो अरु केही हुनै सक्दैन । हातको पाँच औला त बराबर छैनन भने हामी भिन्न भिन्न सस्कार समाजबाट आएका मान्छे हरुको सोच एउटै पक्कै हुदैन प्रस्तुतिको तरिका फरक फरक हुनसक्छ तर त्यस्को सकारात्मक सोच र भाव एउटै हुनसक्छ अथवा बिमत्ती पनि हुन सक्छ खैर जे भए पनि हामिले हिजो समाज र रास्ट्रका लागि राम्रो गर्ने हाम्रा अग्रज हरुलाइ सम्मान गर्नै पर्छ।उहाहरुको योगदान लाई कदर गर्नै पर्छ भला त्यति बेला पनि क्रूर शासन क्रूरर्ताको पराकाष्ठा नाघेको अवस्था थियो रे त्यसो भए सधै हामिले त्यही नकारात्मक कुरा मात्र मनमा राखिरहने त? के त्यति बेला राम्रा कामै भएनन होला त?त्यतिबेला त्यो नभएको भए यो अवस्था हुदैन थियो। राम्रा नराम्रा हरेक पक्ष हरु स्वीकार्ने हिम्मत हामिमा हुनै पर्छ।फलेको रुखमा नै हो झटारो हान्ने पनि सहनु पर्छ ,नराम्रो भन्नेहरुको कुरामा पनि राम्राकुराहरु हुनसक्छन। हामीहरु सबै मिलेर हो देश बनाउने एकले अर्को लाई कालोमोसो दल्ने ,जुत्ता प्रहार गर्ने मुर्दाबादका नाराले हतोत्साहित गराउने अब हामिमा यो सस्कारको बिकास किमार्थ हुनु हुदैन।
अब पनि उहीँ पाराले तोडफोड लडाइ झगडा गर्ने हो भने हामी हाम्रो पालामा त सुखी भएनौ हाम्रो सन्ततिको पालामा पनि सुख नदिने पक्का छ। हाम्रा पालामा त70% युवा बाहिरिए अब हाम्रो सन्तान के यस्तै अवस्था हुने हो भने नेपालमा बस्लान?हामिले हो अब उनिहरुलाइ नेपालमा बस्ने वातावरणको निर्माण गर्ने।40डिग्रीको तातो घाममा प्याक प्याक मुख बनाउदै काम गरेका हाम्रा युवालाई नेपालमा फर्काउन त हाम्रा नेता ज्युहरुको कोसिस संभव भएन तर अब हामी हाम्रो पालैमा हाम्रा सन्ततिको लागि यो सुन्दर नेपाल छाडेर रुदै रुदै देश छाड्न बाध्य हुने वातावरण नबनाउ त्यस्को लागि हामी सबै पार्टी पङ्तीमा आवद्ध नेता आस्था राख्ने जनता अब अल्लि सिरियस भएर सोच्नु पर्छ पर्छ।हामी सबैले आअफ्नो आस्था राख्ने पार्टी छ नेता ज्युहरु हुनुहुन्छ उहाहरुले गर्नु भएको राम्रो कामको सम्मान गर्नै पर्छ तर के उहाँहरुले गर्नु भएको गल्तीलाई नजरअन्दाज गर्ने त सधै भरी ?
गल्ती हुदा देख्दा पनि हामी पार्टीले कार्वाही गर्ला भनेर सधै गल्तलाई गलत नभन्ने? म सक्दिन सक्दै सक्दिन चाहे कार्वाही भोग्न किन नपरोस तर गलत हुँदा मैले गलत भयो भन्नै पर्छ र पो सच्याउने मौका दोस्रो ब्यक्तीलाई हुन्छ त। हामी हाम्रा बुवाको पालामा जस्तो गरि गुलामिको राजनीति गर्न छुट छैन।अब सच्चिने हामी हो आम नगरिक पनि हो हामिले जिताउने ब्यक्तिले साच्चै यो देशको लागि केही गर्न खोजेको हो कि होइन त्यो बुझन जरुरी छ।धनको मोह मा पर्नेले देशलाई माया गर्नै सक्दैन सत्ताको लोभमा मर्नेले देशलाई बिकासको बाटोमा लानै सक्दैन।देशलाई माया गर्छौ भने हामिले सहि नेतृत्व चुनौ। अनगिन्ती पार्टी खोल्न अब बन्द गरौ जति पार्टी छ्न त्याहा साच्चै नै देशलाई माया गर्ने नेता होइन प्रजालाई नेता बनाउ नेतालाइ फेरि नेता नबनाउ।उहाँ हरुलाई सम्मान गर्दै उहाँ बाट राम्रा कुराहरु सल्लाह लिउ उहाहरुलाइ ससम्मान उचित स्थानदिएर गाइडरको रुपमा राखौ।देश भित्र भै रहेको भ्रष्टाचार निर्मुल पार्न कडा नियम बनाउने मात्र होइन नियमन पनि गरौ।प्रदेश खारेज गरौ।
बन्द भएका कलकारखाना पुनर्निर्माण गरेर संचालन गर्ने ब्यबस्था गरौ। बेफजुल खर्च कम गरौ।उत्पादनमा र बजारीकारणको ब्यबस्थामा ध्यान दिउ।सिपमुलक ब्यबहारिक शिक्षाको लागि जोड्दिउ।सकेसम्म 12 कक्षा सम्म निसुल्क शिक्षाको ब्यबस्था गरौ।स्वस्थ्य बिमा सहित रोग्को प्रवृत्ति र नगरिकको आर्थिक अवस्था हेरेर निसुल्क स्वस्थ्य उपचारको ब्यवस्था गरौ।बिदेशमा सिकेका सिपलाइ नेपाल सरकार द्वारा उच्च प्राथमिकतामा राखेर ब्यबहारिक शिक्षा तर्फ जोड दिउँ। दुर्गममा काम गर्न जाने जो कोहि कर्मचारीलाई पनि देश्को भौगोलिक अवस्थालाई ध्यानमा राखी दुर्गम भत्ता दोब्बर गरौ।युनिभर्सिटीमा हाल सम्म ब्यबहारिक शिक्षा लागू हुन नसक्नु बिडम्बना हो कम से कम पास आउट भएका बिध्यार्थिहरुलाइ स्वोरोजगारको ब्यबस्था गरौं।कृषिलाई प्राथमिकतामा राखौ र स्वदेशी उत्पादनलाई स्थान दिने ब्यबस्था गरौ।सन्चारमाध्यम देशको चौथो अंग हो यस्लाइ अङ्कुसलगाउने होइन जथाभावी खोलिएका अझ भनौ बिकृती फलाउदै गरेका कन्टेन्टलाई कार्वाही गरौ र निस्पक्षसमाचार लेख्ने र देशलाई सिरमा राखेर पत्रकारिता गर्ने पत्रकार सहित मिडिया हाउसलाई सम्मान गरौ।पत्रकार कुनै पार्टीको नभै देश्को बनाउने बाताबरण गराउ।कुनै एउटापार्टी या नेताको मात्र होइन यो देशको पत्रकार हु भन्न सक्ने वतावरण गराउ।पत्रकारलाई देशको तर्फ बाट उचित पारिश्रमिक तोकौ।
अझ थुप्रै थुप्रै कुरा हरु छन हामी लेख्न जान्नेले लेखौ ,बोल्न जान्नेले बोलौ,काम गर्न पठाएकाले काम गरौ बनाएका नीति नियमलाई सम्मान गर्दै कडाइका साथ नियमन गरौ।अब 2084 यो देशलाई माया गर्ने यो देशको अर्थतन्त्रलाई सुधार गर्न सक्ने बिदेशि लगानीलाई भित्राउनसक्ने र उचित स्थानमा लगानी गरि उत्पादन्ले दोब्बर गर्न सक्ने वतावरण सृजना गरौ।ब्यबस्था बदल्ने होइन अब अवस्था बदलने एक भएर जुटौं ।फुटेर होइन सबै पार्टी एक भएर जुटेर यो देशको अवस्था बदल्न आजै बाट लागौ।
यो लेखको लेखक
प्रमिला शर्मा भुषाल (पुजा )
नर्सिङ्ग लेक्चर
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस