
काठमाडौ, फागुन १२ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ आज आइतबार बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन १ गतेसम्म का लागि निष्काशन गरेको आइपीओमा गोलाप्रथामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले १ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले १ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस