
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा लुका मोड्रीच र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको शिर्ष स्थानमा रहेको बार्सिलोनासँग समान २५ खेलमा ५४ अंक रहेको छ र गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २५ कलमा ५३ अंक रहेको छ ।
त्यसैगरी जिरोनाको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा १३औ स्थानमा छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस