
काठमाडौं, ११ फागुन । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सको घर नम्बर ४६ मा लागेको आगो नियन्त्रणमा आएको छ ।
आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।
आगो नियन्त्रणमा आइसकेको उनको भनाइ छ । आगलागीबाट बहुमूल्य सामान पनि जलेका छैनन् । पूजाकोठामा रहेका केही सामानमात्र जलेको उनले बताए । आगो नियन्त्रणका लागि ललितपुर महानगरको दमकल, नगरप्रहरीको टोली र प्रहरी परिचालन गरिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस