
काठमाडौं, ११ फागुन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालय ललितपुरको ग्वार्को चोकमा सरेको छ । पार्टी कार्यालयको आइतबार पार्टी अध्यक्ष अशोककुमार राईले उद्घाटन गरेका हुन् ।
सो अवसरमा पार्टीका शीर्ष नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको नेता प्रदीप यादवले जानकारी दिए । पार्टी कार्यालय उद्घाटनपछि भएको छलफलमा जसपा नेताहरूले पार्टीको आगामी यात्रा, संगठन सुदृढीकरण, र जनसेवामा केन्द्रित योजनाहरूको चर्चा गरे।
नयाँ कार्यालयले पार्टीको संगठनात्मक कार्यहरूलाई अझ व्यवस्थित बनाउन तथा प्रभावकारी रूपमा जनताको सेवा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यादवले बताए । राई नेतृत्वको जसपा उपेन्द्र यादवसँग अलग भएको हो । एकीकृत हुँदा जसपाको केन्द्रीय कार्यालय ललितपुरकै बालकुमारीमा थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस