• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २५, बुधबार | Wed, 09, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राजाको सदिच्छामा राप्रपाको पूर्ण समर्थन छ : धवलशमशेर राणा

२०८१ फागुन ८, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
राजाको सदिच्छामा राप्रपाको पूर्ण समर्थन छ : धवलशमशेर राणा


हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।

देशलाई गंभीर संकटबाट निकाल्न सबै पार्टी, समुह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका छन्।

‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ,‘ राप्रपा नेता राणाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

‘राजाको पछिल्लो आह्वानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढौं, यही मेरो सबैमा आग्रह छ,’ उनले भनेका छन्।

राप्रपा महामन्त्री राणाले भने, ‘राप्रपाको केन्द्रीय कार्यसमितिले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरब कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको छ। यो निरन्तर रूपमा चलाइने प्रतिवद्धता पनि दोहोर्‍याउन चाहन्छु।’

कुशासन, लूटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले आज मुलुकमा गम्भीर अवस्था उत्पन्न भएको भन्दै राणाले राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको बताए।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए। उनले अब समय आयो भन्दै त्याग गर्न तयार रहेको बताएका थिए।

पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताएका थिए। राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन उनले आग्रह गरेका छन्। उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो।’

पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरेका छन्। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको उनले बताए।

‘राष्ट्रिय प्रजातन्त्र दिवसको आजको दिनले ७४ वर्षअघि देशको बृहत्तर हितका लागि राजा र नेपाली नागरिकले सामूहिक रूपमा परिवर्तनका लागि गरेको योगदानको इतिहास स्मरण गराउँछ। यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको प्रगति, सुख र सम्वृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ राणाले वक्तव्यमा भने।

राप्रपामा पछिल्लो समय ध्रुवीकरण छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाका छुट्टाछुट्टै समूह छन्। अध्यक्ष लिङ्देनले राजतन्त्र पुन:स्थापनाको मुद्दा कमजोर बनाएको आरोप राणा पक्षधरको छ।  

राणालाई पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दलगायतले समर्थन गरिरहेका छन्। लिङ्देनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवाससमेत चिढिएको राप्रपा वृत्तमा चर्चा छ।

केन्द्रीय कार्यसम्पादन समिति बोलाऔं : लोहनी

यस्तै, लोहनीले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा पूर्वराजा ज्ञानेन्द्रबाट आएको ‘साहसिलो र प्रशंसनीय’ सम्बोधनको विषयमा छलफल गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक यथाशिघ्र बस्न जरुरी भएको बताएका छन्।

‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ,’ राप्रपाका वरिष्ठ नेता लोहनीले सामाजिक सञ्जालमा बुधबार लेख्दै भने, ‘यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्यसम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ।’

लोहनीले फागुन ७ गते  राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन रहेको बताए। 

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए।

बाट थप

  • म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ताम्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता
  • खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालयखानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय
  • सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाईसांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई
  • रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारीरसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाईकल ठोकिँदा १ जनाको मृत्यु १ घाईते

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    जेनेभामा श्रममन्त्रीले भनेः नेपाल श्रमको मर्यादायुक्त एजेण्डा प्रति पूर्णरूपमा प्रतिबद्ध

    समाचार
    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    खानेपानीको माग गर्दै सुकुम्बासीले घेराउँ गरे केयूकेएलको कार्यालय

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    सांसद तामाङकाे तीन महिनाको तलब रसुवागढीका बाढी पीडितलाई

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    रसुवागढीमा भएको धनजनको क्षतिका बारेमा गृह मन्त्रीले दिए जानकारी

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    राप्रपा अनुशाषन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑