• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित तीन जना बसे नाकामा अनसन

February 19, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
छोटी भन्सार सञ्चालन गराउन माग गर्दै प्रदेश सांसदसहित तीन जना बसे नाकामा अनसन


हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

सञ्जय मिश्रा

रौतहट – रौतहटमा छोटी भन्सार सञ्चालन र चारचक्के सवारी-साधन आवागमनको माग गर्दै तीन जना मानिस आमरण अनसनमा बसेका छन्।

छोटी भन्सार सञ्चालनसँगै चारचक्के सवारी-साधन आवागमनको माग गर्दै जिल्लाको पर्रोहा नगरपालिका-९ दसगजाछेऊ खाप नाकामा प्रजातन्त्र दिवसको अवसर पारेर एकै पटक तीन जना स्थानीय आमरण अनसनमा बसेका हुन्।

परोहा नगरपालिका-९ का अवकास प्राप्त शिक्षक ६५ वर्षीय महमद तजमुल, पूर्वगाविस उपाध्यक्ष ६७ वर्षीय जगतलाल यादव र नेपाल जनता पार्टीका प्रदेश सदस्य ५५ वर्षीय साहेवलाल साह बुधबार बिहान १० बजेदेखि आमरण अनसनमा बसेका हुन्।

माग सम्बोधन नभएसम्म अनसन जारी रहने उनीहरूको चेतावनी छ। ‘बरू ज्यान जान्छ भने जाओस् तर हामी पछि हट्ने छैनौं,’ अनसनकारीले अडान लिएका छन्।

यसअघि पटक-पटक जिल्ला प्रशासन कार्यालय रौतहटलगायत ठाउँमा ज्ञापन पत्र बुझाउँदा पनि कुनै निकायले वास्ता नगरेको कारण बाध्य भएर अनसनमा बस्नु परेको उनीहरूले बताएका छन्।

आमरण अनसनमा बसेका तीन जनाको आन्दोलप्रति दर्जनौं स्थानीय तथा नेताहरूले ऐक्यवद्धता जनाउँदै आएका छन्।

आमरण अनसनमा बसेकाहरूको माग जायज रहेको भन्दै नेपाली कांग्रेसकी नेतृ अन्जु झा, जनमतका जिल्ला इन्चार्ज शेख जमसैद, एमालेका नागेन्द्र ठाकुर, माओवादी, मधेसवादी, समाजवादीलगायत दलका दर्जनौं नेता कार्यकर्ता तथा स्थानीयहरूले ऐक्यवद्धता जनाएका छन्।

छोटी भन्सारसँगै चारचक्के सवारी-साधन आवागमनमा रोक लगाउँदा सदियौंदेखि चलिआएको दुई देशबीचको रोटीबेटीको सम्बन्ध प्रभावित भएको उनीहरूले गुनासो गरेका छन्।

२००७ सालमा देशमा प्रजातन्त्र बहाली भएसँगै छोटी भन्सार खाप सञ्चालन भएको थियो।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै उक्त भन्सार जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियोर

छोटी भन्सार डेढ दसकअघि बन्द भए पनि चारचक्के सवारी-साधन रोकिएका थिएनन्।

तर, विश्वव्यापी रूपमा चलेको कोरोना महामारीको समयदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ।

पटक-पटक स्थानीयस्तरमा छोटी भन्सार र सानो नाका खुलाउने विभिन्न दलका नेताहरूबाट भएको प्रयास सफल हुन सकेको देखिएन।

रौतहट जिल्लाको २८ किलोमिटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ। २८ किलोमिटर लामो सिमानाको वारि नेपालमा बस्ने हजारौं नागरिक दैनिक उपभोग्य वस्तुको खरिददेखि औषधी उपचार गराउन तथा बिहेवारीमा किनमेल गर्न भारतीय बजार जाने गरेका छन्।

सिमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भने आफ्नै सदरमुकाम गौर २५ किलोमिटर टाढा पर्दछ। एकातर्फ भारतीय बजार नजिक हुनु र अर्को तर्फ नेपाली बजारभन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य विकल्प नभएको आन्दोलनमा बसेका नागेन्द्र ठाकुरको भनाइ छ।

त्यस्तै, भारतीय सीमा सुरक्षा बलले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्तलाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको ठाकुरले जानकारी दिएका छन्।

छोटी भन्सार नखोल्दा तस्करी बढेर राजश्वमा ह्रास आएको छ। भन्सार खोल्ना साथ सरकारको राजस्व सङ्कलनमा पनि वृद्धि हुने आन्दोलनकारीको भनाइ छ। रौतहटस्थित खाप र बनकुलको समेत छोटी भन्सार हाल बन्द रहेको छ।

बाट थप

  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑