• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

युक्रेन वार्ता अघि पुटिनलाई शिरमा चढाइरहेछन् ट्रम्प

February 18, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
युक्रेन वार्ता अघि पुटिनलाई शिरमा चढाइरहेछन् ट्रम्प

हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

रियाद : मंगलबार साउदी अरबमा युक्रेन–रुस युद्ध अन्त्य गर्नेबारे वार्ता हुँदै छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने लाभै लाभ छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पुटिनको अन्तर्राष्ट्रिय पृथकीकरण अन्त्य गरेका छन् । यति मात्रै कहाँ हो र ? उनले युरोपको एकता तितरबितर पारेका छन् भने युरोपको बचाउमा अमेरिका कति पर सम्म जान सक्दा भन्ने कुरोमै संशय उत्पन्न गराएका छन् ।

यतिबेला ट्रम्प अमेरिकाका परम्परागत मित्र देशहरूलाई बेवास्ता गरेर पूरै पुटिनतिर ढल्किएका छन् । ट्रम्पको पछिल्लो हर्कतबारे युरोपबाट एकपछि अर्को गर्दै विरोधाभासपूर्ण अभिव्यक्तिहरू आइरहेका छन् । यस्तोमा ट्रम्पका सहयोगीहरूले पनि ट्रम्पले पुटिनसँग युक्रेनका लागि खराबै भएपनि जस्तो पनि सम्झौता अपनाउने हो कि भन्ने चिन्ता बढाएको छ ।

युक्रेनी युद्ध अन्त्य गर्न युरोपले युक्रेनमा शान्तिका लागि सुरक्षा प्रत्याभूति हुनु पर्ने र सेना तैनाथ गर्नु पर्ने माग गरिरहेका छन् । युक्रेनसम्बन्धी शान्ति वार्तामा अमेरिकाले उसका युरोपेली मित्रहरूलाई पाखा लगाउने सङ्केत गरेका छन् । राष्ट्रको रूपमा युक्रेनलाई बाँच्न यो वार्ता निकै जरुरी छ । तर ट्रम्पले युरोपलाई मात्रै होइन वार्तामा युक्रेनलाई पनि पाखा लगाएका छन् ।

आइतबार ट्रम्पले छिटै आफूले पुटिनलाई भेट्ने सम्भावनातर्फ औँल्याएका थिए । फ्लोरिडामा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले वार्तामा आफूहरू अगाडि बढिरहेको अनि रुस, युक्रेनसँग शान्तिमा पुग्ने कोसिस भइरहेको छ र यस मामिलामा आफूहरूले निकै मिहेनत गरिरहेको बताएका थिए । तर एनबीसीको ‘मिट द प्रेस’ मा युक्रेनलाई सहभागी गराउने आश्वासन नपाए अमेरिका र रुस मात्रै मिलेर आफ्नो बारेमा गर्ने कुनै पनि निर्णय स्वीकार नगर्ने चेतावनी जेलेन्स्कीले दिएका थिए ।

साउदीमा हुने वार्ता पहिलो चरण हो : रुबियो

साउदीले आयोजना गर्न लागेका वार्तामा अमेरिकी विदेश मन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्य पूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफको नेतृत्वमा प्रतिनिधि मण्डल जाने छ । साउदी पुटिन र ट्रम्प दुवैको मित्र देश हो । यो वार्तालाई रुबियोले गएको हप्ता ट्रम्पले पुटिनसँग गरेको फोन वार्ताको फलो अप भनेका छन् । आइतबार सीबीएसको ‘फेस द नेशन’मा रुबियोले आगामी केही हप्ता र दिनले वार्ता गम्भीर छ भन्ने निर्धारण गर्ने बताएका थिए ।

एउटै फोन कलले मात्रै शान्ति नल्याउने र एउटा फोन वार्ताले यस्तो जटिल वार्ता समाधान नगर्ने उनको भनाइ थियो । रुबियोको भनाई युक्रेनका लागि ट्रम्पका दूत किथ केलोगसँग बाझिएको थियो । शनिबार केलोगले युक्रेन शान्ति वार्ता संलग्न हुने बताएका थिए । अतिक्रमण भएको देश युक्रेन भएकोले तर साँच्चै वार्ता हुने हो भने युक्रेन पनि संलग्न हुनै पर्ने अनि युरोपले पुटिन र रुसमाथि प्रतिबन्ध लगाएकोले उनीहरूलाई पनि वार्तामा संलग्न गराइनु पर्ने रुबियोले भनेका थिए ।

तर केलोगले युरोप युक्रेन वार्ताको हिस्सा नहुने भनेका थिए ।

प्रस्तावित शान्ति वार्तामा अमेरिकाले आफ्नो लाइन स्पष्ट पारेको छ । पुटिनसँग सम्बन्ध पुनः गाँस्ने ट्रम्पको नयाँ प्रशासनको दृढ सङ्कल्प बिना आगामी महिनामै दुष्कर युद्ध सकिने आशा न्यून छ । तर युक्रेन र युरोपेली देशहरूले वार्तालाई पुनः आकार दिने प्रशस्त सम्भावना पनि छ ।

पुटिनसँग ट्रम्पको फोन वार्ता गल्ती भएको म्युनिखमा पोल्यान्डका विदेश मन्त्री रादेक सिकोस्र्कीले सप्ताहान्तमा भनेका थिए । ट्रम्पले पहिलो पुटिनलाई फोन गरेर रुसी नेतालाई मान्यता दिएको अनि युक्रेनको आत्मबल गिराएको उनको भनाइ थियो । तर ट्रम्पले युरोपेली सेनाको कुरा गरेको ढिलो चाँडो आफूहरू वार्ताको हिस्सा हुने उनले बताए । ट्रम्प प्रशासनबाट मिश्रित सन्देश आइरहेको छ । यसले रुसको अवैध अतिक्रमणलाई मान्यता दिने खालको सम्झौतामा पनि ट्रम्पले सहमति जनाउने र यसलाई युक्रेनमाथि लाद्ने हो कि भन्ने चिन्ता बढाएको छ ।

युक्रेनी मामिलामा यूरोपसँगको सहकार्य गर्ने बाइडेन प्रशासनको पहललाई अस्वीकार गर्दै ट्रम्पले साउदीमा हुने पहिलो चरणको वार्तामा युक्रेनी वार्ताकारहरूलाई सहभागी नगराउने भएका छन् । युक्रेन वार्तामा युरोप अनुपस्थित हुने वा संलग्न नगराइने हो भने जेलेन्स्कीको हैसियत झनै घट्नेछ ।

रुसले कब्जा गरेको अधिकांश भूमि युक्रेनले फिर्ता पाउँदैन भन्नेमा अधिकांश विदेश नीति विज्ञहरू सहमत छन् । तर ट्रम्पले फोन वार्तामा पुटिनलाई महत्त्व दिएको कुराको अधिकांशले आलोचना गरेका छन् । अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले शान्ति सम्झौताले युक्रेनलाई नेटोको सदस्यता नदिने र शान्ति निर्माणमा अमेरिकी सेना संलग्न नहुने बताइसकेका छन् ।

उनको यो अभिव्यक्ति पछि हेग्सेथ आफैँ र ट्रम्प प्रशासनको अन्य अधिकारीले काटेका थिए । गएको हप्ता ट्रम्पले पुटिन जस्तो युद्ध अपराधीलाई पूर्ण रूपमा पुनःस्थापित गर्ने प्रयास गरेपछि चिन्ता झनै बल्झिएको छ । पुटिनले युक्रेनमाथि अतिक्रमण गर्ने पुटिनको तर्कमाथि सहानुभूति देखाएका थिए । २०१४ मा रुसले युक्रेनबाट क्रिमियालाई अलग गरेपछि रुसलाई जीएटबाट निकालिएको थियो । पुटिनलाई ट्रम्पले जी एटमा फर्किन पनि भनेका थिए ।

युक्रेनी मामिलामा यूरोपसँगको सहकार्य गर्ने बाइडेन प्रशासनको पहललाई अस्वीकार गर्दै ट्रम्पले साउदीमा हुने पहिलो चरणको वार्तामा युक्रेनी वार्ताकारहरूलाई सहभागी नगराउने भएका छन् । युक्रेन वार्तामा युरोप अनुपस्थित हुने वा संलग्न नगराइने हो भने जेलेन्स्कीको हैसियत झनै घट्नेछ ।

यी सबै कुरा पुटिनका लागि राम्रो हो । यसले अन्तर्राष्ट्रिय दुस्मनको रूपमा उनको हैसियत सकिएको र आफ्नो भौगोलिक अवस्था बढाउने गरी उसले युक्रेनसँग सम्झौता गर्न सक्ने भनेर देखाउँछ । नेटोभित्र ट्रम्पले उत्पन्न गराएको फूट रुसको लागि अहम् विदेश नीतिको लक्ष्य हो । यो त पुटिनका लागि ठुलै उत्सव हुने अनि सबै कुरा एकै दिनमा भइरहेको कार्निग रुसिया यूरोशिया सेन्टरका निर्देशक अलेक्जान्डर गाबुएभले भने ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑