
रियाद : मंगलबार साउदी अरबमा युक्रेन–रुस युद्ध अन्त्य गर्नेबारे वार्ता हुँदै छ । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने लाभै लाभ छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पुटिनको अन्तर्राष्ट्रिय पृथकीकरण अन्त्य गरेका छन् । यति मात्रै कहाँ हो र ? उनले युरोपको एकता तितरबितर पारेका छन् भने युरोपको बचाउमा अमेरिका कति पर सम्म जान सक्दा भन्ने कुरोमै संशय उत्पन्न गराएका छन् ।
यतिबेला ट्रम्प अमेरिकाका परम्परागत मित्र देशहरूलाई बेवास्ता गरेर पूरै पुटिनतिर ढल्किएका छन् । ट्रम्पको पछिल्लो हर्कतबारे युरोपबाट एकपछि अर्को गर्दै विरोधाभासपूर्ण अभिव्यक्तिहरू आइरहेका छन् । यस्तोमा ट्रम्पका सहयोगीहरूले पनि ट्रम्पले पुटिनसँग युक्रेनका लागि खराबै भएपनि जस्तो पनि सम्झौता अपनाउने हो कि भन्ने चिन्ता बढाएको छ ।
युक्रेनी युद्ध अन्त्य गर्न युरोपले युक्रेनमा शान्तिका लागि सुरक्षा प्रत्याभूति हुनु पर्ने र सेना तैनाथ गर्नु पर्ने माग गरिरहेका छन् । युक्रेनसम्बन्धी शान्ति वार्तामा अमेरिकाले उसका युरोपेली मित्रहरूलाई पाखा लगाउने सङ्केत गरेका छन् । राष्ट्रको रूपमा युक्रेनलाई बाँच्न यो वार्ता निकै जरुरी छ । तर ट्रम्पले युरोपलाई मात्रै होइन वार्तामा युक्रेनलाई पनि पाखा लगाएका छन् ।
आइतबार ट्रम्पले छिटै आफूले पुटिनलाई भेट्ने सम्भावनातर्फ औँल्याएका थिए । फ्लोरिडामा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले वार्तामा आफूहरू अगाडि बढिरहेको अनि रुस, युक्रेनसँग शान्तिमा पुग्ने कोसिस भइरहेको छ र यस मामिलामा आफूहरूले निकै मिहेनत गरिरहेको बताएका थिए । तर एनबीसीको ‘मिट द प्रेस’ मा युक्रेनलाई सहभागी गराउने आश्वासन नपाए अमेरिका र रुस मात्रै मिलेर आफ्नो बारेमा गर्ने कुनै पनि निर्णय स्वीकार नगर्ने चेतावनी जेलेन्स्कीले दिएका थिए ।
साउदीमा हुने वार्ता पहिलो चरण हो : रुबियो
साउदीले आयोजना गर्न लागेका वार्तामा अमेरिकी विदेश मन्त्री मार्को रुबियो, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्य पूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफको नेतृत्वमा प्रतिनिधि मण्डल जाने छ । साउदी पुटिन र ट्रम्प दुवैको मित्र देश हो । यो वार्तालाई रुबियोले गएको हप्ता ट्रम्पले पुटिनसँग गरेको फोन वार्ताको फलो अप भनेका छन् । आइतबार सीबीएसको ‘फेस द नेशन’मा रुबियोले आगामी केही हप्ता र दिनले वार्ता गम्भीर छ भन्ने निर्धारण गर्ने बताएका थिए ।
एउटै फोन कलले मात्रै शान्ति नल्याउने र एउटा फोन वार्ताले यस्तो जटिल वार्ता समाधान नगर्ने उनको भनाइ थियो । रुबियोको भनाई युक्रेनका लागि ट्रम्पका दूत किथ केलोगसँग बाझिएको थियो । शनिबार केलोगले युक्रेन शान्ति वार्ता संलग्न हुने बताएका थिए । अतिक्रमण भएको देश युक्रेन भएकोले तर साँच्चै वार्ता हुने हो भने युक्रेन पनि संलग्न हुनै पर्ने अनि युरोपले पुटिन र रुसमाथि प्रतिबन्ध लगाएकोले उनीहरूलाई पनि वार्तामा संलग्न गराइनु पर्ने रुबियोले भनेका थिए ।
तर केलोगले युरोप युक्रेन वार्ताको हिस्सा नहुने भनेका थिए ।
प्रस्तावित शान्ति वार्तामा अमेरिकाले आफ्नो लाइन स्पष्ट पारेको छ । पुटिनसँग सम्बन्ध पुनः गाँस्ने ट्रम्पको नयाँ प्रशासनको दृढ सङ्कल्प बिना आगामी महिनामै दुष्कर युद्ध सकिने आशा न्यून छ । तर युक्रेन र युरोपेली देशहरूले वार्तालाई पुनः आकार दिने प्रशस्त सम्भावना पनि छ ।
पुटिनसँग ट्रम्पको फोन वार्ता गल्ती भएको म्युनिखमा पोल्यान्डका विदेश मन्त्री रादेक सिकोस्र्कीले सप्ताहान्तमा भनेका थिए । ट्रम्पले पहिलो पुटिनलाई फोन गरेर रुसी नेतालाई मान्यता दिएको अनि युक्रेनको आत्मबल गिराएको उनको भनाइ थियो । तर ट्रम्पले युरोपेली सेनाको कुरा गरेको ढिलो चाँडो आफूहरू वार्ताको हिस्सा हुने उनले बताए । ट्रम्प प्रशासनबाट मिश्रित सन्देश आइरहेको छ । यसले रुसको अवैध अतिक्रमणलाई मान्यता दिने खालको सम्झौतामा पनि ट्रम्पले सहमति जनाउने र यसलाई युक्रेनमाथि लाद्ने हो कि भन्ने चिन्ता बढाएको छ ।
युक्रेनी मामिलामा यूरोपसँगको सहकार्य गर्ने बाइडेन प्रशासनको पहललाई अस्वीकार गर्दै ट्रम्पले साउदीमा हुने पहिलो चरणको वार्तामा युक्रेनी वार्ताकारहरूलाई सहभागी नगराउने भएका छन् । युक्रेन वार्तामा युरोप अनुपस्थित हुने वा संलग्न नगराइने हो भने जेलेन्स्कीको हैसियत झनै घट्नेछ ।
रुसले कब्जा गरेको अधिकांश भूमि युक्रेनले फिर्ता पाउँदैन भन्नेमा अधिकांश विदेश नीति विज्ञहरू सहमत छन् । तर ट्रम्पले फोन वार्तामा पुटिनलाई महत्त्व दिएको कुराको अधिकांशले आलोचना गरेका छन् । अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले शान्ति सम्झौताले युक्रेनलाई नेटोको सदस्यता नदिने र शान्ति निर्माणमा अमेरिकी सेना संलग्न नहुने बताइसकेका छन् ।
उनको यो अभिव्यक्ति पछि हेग्सेथ आफैँ र ट्रम्प प्रशासनको अन्य अधिकारीले काटेका थिए । गएको हप्ता ट्रम्पले पुटिन जस्तो युद्ध अपराधीलाई पूर्ण रूपमा पुनःस्थापित गर्ने प्रयास गरेपछि चिन्ता झनै बल्झिएको छ । पुटिनले युक्रेनमाथि अतिक्रमण गर्ने पुटिनको तर्कमाथि सहानुभूति देखाएका थिए । २०१४ मा रुसले युक्रेनबाट क्रिमियालाई अलग गरेपछि रुसलाई जीएटबाट निकालिएको थियो । पुटिनलाई ट्रम्पले जी एटमा फर्किन पनि भनेका थिए ।
युक्रेनी मामिलामा यूरोपसँगको सहकार्य गर्ने बाइडेन प्रशासनको पहललाई अस्वीकार गर्दै ट्रम्पले साउदीमा हुने पहिलो चरणको वार्तामा युक्रेनी वार्ताकारहरूलाई सहभागी नगराउने भएका छन् । युक्रेन वार्तामा युरोप अनुपस्थित हुने वा संलग्न नगराइने हो भने जेलेन्स्कीको हैसियत झनै घट्नेछ ।
यी सबै कुरा पुटिनका लागि राम्रो हो । यसले अन्तर्राष्ट्रिय दुस्मनको रूपमा उनको हैसियत सकिएको र आफ्नो भौगोलिक अवस्था बढाउने गरी उसले युक्रेनसँग सम्झौता गर्न सक्ने भनेर देखाउँछ । नेटोभित्र ट्रम्पले उत्पन्न गराएको फूट रुसको लागि अहम् विदेश नीतिको लक्ष्य हो । यो त पुटिनका लागि ठुलै उत्सव हुने अनि सबै कुरा एकै दिनमा भइरहेको कार्निग रुसिया यूरोशिया सेन्टरका निर्देशक अलेक्जान्डर गाबुएभले भने ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस