• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

देवघाट महामहोत्सवमा ३० लाख भक्तजनको सहभागिता, अर्बौको कारोबार

February 18, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
देवघाट महामहोत्सवमा ३० लाख भक्तजनको सहभागिता, अर्बौको कारोबार


हेल्लो चितवन अन्लाईन्
(८ महिना अघि)

चितवन : देवघाट महा-महोत्सव २०८१ को समापनपछि आज आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ।विश्व जागरण महाअभियान ट्रस्टका अधक्ष तथा महोत्सवका सत्संकल्पकर्ता इश्वर कृष्ण महाराज, नृसिंह धाम पीठाधीश्वर डा. श्रीवास कृष्ण दास ब्रह्मचारी र महामहोत्सव्का संयोजक डा. केशव राज भुर्तेलले महोत्सवमा भक्तजनहरूको उल्लेखनीय सहभागिता, आर्थिक संकलन, तथा सामाजिक योगदान बारे विस्तृत जानकारी गराउदै पत्रकारका प्रश्न हरुको उत्तर दिनुभयो ।

आयोजकका अनुसार, देशभरका करिब २८ देखि ३० लाख भक्तजन प्रत्यक्ष रूपमा महोत्सवमा सहभागी भएका थिए। देवघाट क्षेत्रभित्रका नौ वटा धार्मिक संघ-संस्थाहरूले बगर क्षेत्रमा पण्डाल तथा काउन्टर स्थापना गरी धार्मिक अनुष्ठान सञ्चालन गरेका थिए भने सम्पूर्ण आश्रमहरूले आफ्ना परिसरभित्रै आर्थिक संकलन गरेका थिए। यस महोत्सवबाट करिब ६० करोड रुपैयाँ बराबरको आर्थिक संकलन भएको अनुमान गरिएको छ।

सोहि अनुपातमा अनेक आश्रम तथा संघ संस्था हरुमा जिन्सी समेत संलग्न गरिनुका साथै, महोत्सव अवधिभर भक्तजनहरूले गरेको दान, होटल, यातायात, डुंगा सेवा, पार्किङ, अस्थायी स्टल, खाजा घर लगायतका क्षेत्रहरूमा करिब २ अर्ब रुपैयाँको कारोबार भएको आयोजकको प्रक्षेपण छ। विश्व जागरण महाअभियान ट्रस्ट को मातहतमा महामहोत्सव अवधिभर भक्तजनहरूबाट संकलित जिन्सी सामग्री करिब ७० लाख रुपैयाँ बराबर रहेको छ।

यी सामग्रीहरू देशभरका ३० भन्दा बढी गुरुकुल, अनाथालय, अपांग आश्रम, गौशाला तथा वृद्धाश्रमहरूसहित ५० भन्दा बढी धार्मिक तथा सामाजिक संस्थाहरूलाई वितरण गरिएको छ। महामहोत्सव सम्पन्न भएको केवल ५ दिन भित्र पत्रकार सम्मेलनमार्फत विश्व जागरण महाअभियान ट्रस्टले महोत्सवको सम्पूर्ण आय-व्यय विवरण सार्वजनिक गरेको छ। चार्टर्ड एकाउन्टेन्ट (सिए) टोलीको सहयोगमा तयार पारिएको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै आयोजक समितिले संकलित सम्पूर्ण सहयोग निर्धारित शीर्षकहरूमा मात्र खर्च गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

संयोजक डा. भुर्तेलले “भक्तजनहरूको श्रद्धा र विश्वासलाई कुनै पनि प्रकारले प्रभावित हुन नदिने” प्रतिबद्धता व्यक्त गर्दै, महोत्सवबाट संकलित प्रत्येक रुपैयाँ पारदर्शी रूपमा व्यवस्थापन गरिने बताउनुभयो। साथै, सम्बन्धित निकाय तथा भक्तजनहरूलाई निरन्तर अनुगमन, निरीक्षण र खबरदारी गर्न आग्रह गर्नुभयो। महोत्सव अवधिभर देवघाट क्षेत्र विकास समिति, स्थानीय टोल विकास समिति, नगरपालिका, गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा सुरक्षा व्यवस्थापन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तथा अन्य सुरक्षा निकायहरूको प्रत्यक्ष सहभागिताले महोत्सवलाई सुव्यवस्थित बनाएको आयोजकको निष्कर्ष छ।

देवघाट महामहोत्सव २०८१: पारदर्शी आर्थिक विवरण सार्वजनिक, करिव २४ करोड सेवाश्रम र दिव्यधाम निर्माणमा समर्पण आयोजक विश्व जागरण महाअभियान ट्रस्टका अनुसार महोत्सवका लागि देवघाट क्षेत्र विकास समितिबाट आधिकारिक अनुमतिपत्र प्राप्त गरी ३५०१ देखि ८०००० सम्मका रसिद छपाइ गरिएका थिए। तीमध्ये ३५०१ देखि ७४०३१ सम्मको ६७,८५९ वटा रसिद काटिएको छ। रसिदमार्फत संकलित रकम, बैंक क्युआर, चेक तथा दानबक्सबाट प्राप्त रकम गरी कुल २७ करोड ४५ लाख ५६ हजार ९८० रुपैयाँ महोत्सव अवधिमा संकलन भएको जानकारी दिइएको छ। महोत्सव सञ्चालनका लागि विभिन्न शीर्षकमा खर्च भएको विवरण पनि सार्वजनिक गरिएको छ।

महोत्सव अवधिमा पण्डाल व्यवस्थापन, साउण्ड सिस्टम, विशिष्ट व्यक्तित्वहरूको सम्मान, आवास तथा यातायात व्यवस्थापन, प्रचार-प्रसार लगायतका शीर्षकमा २ करोड ९१ लाख ७१ हजार ५८२ रुपैयाँ खर्च गरिएको छ। यसका अतिरिक्त, पुनः प्रयोग गर्न सकिने सामग्रीहरू खरिद तथा भौतिक संरचनाहरू निर्माण गर्न ४९ लाख ३० हजार ५२५ रुपैयाँ खर्च गरिएको छ।

सकल आय मा खर्च कटौतीपछि बचत रहेको २३ करोड ९७ लाख ९ हजार ८७३ रुपैयाँ देवघाट दिव्यधाम तथा मातापिता सेवाश्रम निर्माणका लागि समर्पित गरिने आयोजक ट्रस्टले जनाएको छ। आर्थिक पारदर्शिताका लागि चार्टर्ड एकाउन्टेन्टहरूको टोलीमार्फत लेखा परीक्षण गरिएको र सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिएको आयोजकले स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन समितिका पदाधिकारीहरूले महोत्सव सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, सुरक्षा निकाय, भक्तजन तथा संलग्न संघ-संस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकमको पारदर्शी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजकहरूले महोत्सवमार्फत देवघाट क्षेत्रको धार्मिक तथा सामाजिक विकासलाई थप सशक्त बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै भविष्यमा पनि यस किसिमका आध्यात्मिक तथा सेवा मूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जनाएका छन्।

संयोजक डा. भुर्तेलले महोत्सवलाई सफल बनाउन अहोरात्र खट्ने स्वयंसेवक, संघ-संस्था, सुरक्षा निकाय, पत्रकार मित्र, भक्तजन र सबै सहयोगी मनहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ भव्य र व्यवस्थित रूपमा महामहोत्सव आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। देवघाट महामहोत्सव २०८१ ले धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्नुका साथै सामाजिक एवं आर्थिक क्षेत्रमै ठुलो प्रभाव पारेको देखिन्छ।

यसले हिन्दू धर्मको प्रचार-प्रसार, धार्मिक पर्यटनको प्रवर्द्धन, स्थानीय व्यापार प्रवाह तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएको छ। महोत्सव आयोजक समितिले भक्तजनहरूको निरन्तर साथ, समर्थन र आस्थालाई उच्च सम्मान गर्दै आगामी वर्षहरूमा यो अभियानलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑