
चितवन। अब भरतपुर अस्पतालमा बिरामीले आफूले चाहेकाे डाक्टरसँगै चेकजाँच गराउन सक्ने भएका छन्।
सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै अस्पतालले यस्तो व्यवस्था गरेको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले बिरामीले मनपर्ने चिकित्सकसँगै परिक्षण गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
मंगलबार अस्पतालले चिकित्सकको अपोइन्टमेन्ट लिन सम्बन्धी सूचना जारी गर्दै बिरामीले अग्रिम टिकट बुकिङ गरेर मनपर्ने डाक्टरसँग परिक्षण गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।
बुकिङ गर्दा बिरामीको नाम, ठेगाना, उमेर लेखेर मोबाइल नम्बर – ९८५५०१९१६० मा म्यासेन्जर, एसएमएस पठाउन वा फोन गर्न सकिने सुविधा दिइएको छ।
यस सुविधाले रेफरल प्रणाली स्थापित गर्ने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको प्रा. डा. पौडेलले बताउनुभयो।
भरतपुर अस्पतालको यो पहलले बिरामीहरूलाई थप सहजता र सन्तुष्टि प्रदान गर्ने विश्वास लिइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस