
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले सोधेका प्रश्नमा आक्रोश पोखेका छन्।संसदमा भएको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले शाहले सोधेको प्रश्नमा आक्रोश पोख्दै जवाफ नदिएका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई विविध ८ वटा प्रश्न बुँदागत रुपमा राखे। तर, प्रधानमन्त्रीलाई उनको प्रश्न चित्त बुझेन।उनले संसद्को रोष्ट्रमबाटै सांसद शाहप्रति आक्रोश व्यक्त गरे । तर जवाफ दिएनन्।
प्रधानमन्त्री ओलीले भने,‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन्। सद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा । के म मेनपावरको मान्छे हुँ?’प्रधानमन्त्रीको जवाफमा सांसद शाहले प्रतिवाद गर्न खोजे । उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन्। प्रधानमन्त्री ओलीले पनि अन्य प्रश्नहरूको जवाफ दिएनन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस