
इच्छाकामना : नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका हुन् ।
काठमाडौंका लागि रामनगरबाट एक्लै निस्किएका राना सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल चितवनको इच्छाकामना गाउँपालिका–५ मा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । आज बिहान ११ः५० बजे मोटरसाइकल सडक छेवैको डिभाइडरमा ठोकिदाँ राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका थिए । ‘
आज दिनभर सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोली र प्रहरीले खोजी कार्य गरेपनि फेल नपरेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको छ । । उनी भारतीय सेनाको गोर्खा राइफल म्यान) मा कार्यरत रहेको पुष्टि भएको छ। भोली बिहानदेखि पुन खोजी कार्य गरिने उहाँले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस