
विशालटार ः धादिङको बेनिघाट रोराङ गाउँपालिका द्वारा आयोजित शिक्षाको लागि भिक्षा अभियान अन्तर्गत सञ्चालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञबाट पाँच करोड ८५ लाख सात हजार ५०८ रुपैयाँ संकलन भएको छ । कुल रकम मध्ये नगद एक करोड २४ लाख ४७ हजार १६७, चेकमार्फत दुई करोड ४६ लाख २४ हजार १७ रुपैयाँ, क्यूआर मार्फत नौ लाख २२ हजार ८४२ रुपैयाँ र एक करोड लाख पाँच लाख ६४ हजार ६१२ रुपैयाँ कबुल गरिएका रकम हुन् । साथै कलशबाट १४ लाख ८१ हजार ३७० रुपैयाँ र दानपेटिका मार्फत एक लाख ६९ हजार ५,०० रुपैयाँ संकलन भएका छन् ।
संकलित रकम मध्ये महायज्ञ सञ्चालनका लागि ८१ लाख ५९ हजार ६९५ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।
आज एक कार्यक्रमकाबिच आम्दानी खर्च सार्वजनिक गरिएको हो । गरिबीका कारण विद्यालय जानबाट बञ्चित, असाह्य र अभिभावकबिहिन बालबालिकाहरुको शिक्षाका लागि आवासिय विद्यालय सञ्चालनमा सहयोग पु¥याउने उदेश्यले कोष सञ्चालनका लागि महाज्ञ आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले बताउनुभयो ।
महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण बेनीघाट रोराङबासी, छिमेकी जिल्लाबासी देशविदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दानबिरहरु,जनप्रतिनिधि कर्मचारी लगायतलाई धन्यावाद दिनुभयो ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा भागवत वाचिका राधिका दासीको मुखारविन्दु बाट वडा नं.७ स्थित चराँैदीमा माघ १७ गतेदेखि २३ सम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस