
इच्छाकामना । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व २०८०÷८१ को कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका जिल्ला र महानगरपालिका मध्ये देशकै उत्कृष्ट भएको छ । ७६.२ % अंक प्राप्त गरेका छन् । यसैबिच जिल्लाको स्थानीय तह मध्ये इच्छाकामना गाउँपालिका दोश्रो बनेको छ । इच्छाकामना गाँउपालिकाले ७२% अंक प्राप्त गर्दै दोश्रो स्थान हासिल गरेको हो । यसैबिच रत्ननगर नगरपालिका ७०.१ % ,माडी नगरपालिकाले ६९.१ %, खैरहनी नगरपालिकाले ६६.८ %, कालिका नगरपालिकाले ६४.३ % र राप्तीले ४३.३ % अङ्क प्राप्त गरेका छन् ।
आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरेरनगरेको, पारित गरेरनगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेरनगरेको, राजस्वको विभाजन गरेर नगरेको लगायत पर्छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस