
आँबुखैरेनी, ३ फागुन । मितत्रा माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ५४ औं वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोह भव्य रुपले मनाएको छ ।
आँबखैरेनी गाउँपालिका वडा नं. १, स्थित विद्यालयको प्राङ्गणमा एक भव्य समारोहको आयोजना गरी विद्यालयको ५४ औं वार्षिक उत्सव भव्य रुपले मनाईएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताए । विद्यालयको वार्षिक उत्सव तथा अभिभामवक मिलन समारोहको राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर बाबु गौंलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयलाई विभिन्न सहयोग तथा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा नं. १ का वडाअध्यक्ष एवंम गाउँपालिकाका प्रवक्ता प्रेम तमु लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।
बार्षिक उत्सव समारोहमा विद्यालयका विद्याथीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, नृत्य प्रस्तुत गरिएको विद्यालयका शिक्षक कलम सापकोटाले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस