
नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा आज भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा देवचुली नगरपालिका–१६ का २९ वर्षीय केशव महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी निरीक्षक सुशील घिमिरेका अनुसार जङ्गलमा बिग्रिएर रोकिराखेको लु२ख ४१६६ नम्बरको टिपरमा ना३८प १२७५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
गम्भीर घाइते महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिए पनि उनको ज्यान जोगाउन भने सकिएन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस