
चितवन : चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले
पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।
प्रतियोगिता भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रमुख प्रवर्धकको रुपमा भरतपुर महानगरपालिका रहने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन् ।
प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको थापा मगरको भनाई छ ।
प्रतियोगितामा नयाँ तथा पुराना सबै कलाकारले भाग लिन पाउने छन् । प्रतिष्ठानले चितवनमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । यसभन्दा अघी काठमाडौं, बुटवल, धादिङ लगाएतका जिल्लाहरुमा दोहोरी प्रतियोगिता आयोजना गरिसकेको छ ।८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका करिब पचास लाख नेपाली दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताइन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस