



रत्ननगर : बागमती प्रदेश सांसद ज्ञानुजङ्ग लामाले बकुलहर रत्ननगर अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा अस्पतालको जनरल वार्ड, सर्जिकल वार्ड, पेडिएट्रिक वार्ड र प्याथोलोजी वार्डको अवलोकन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अस्पतालका मेसु मदन ज्ञवाली र अध्यक्ष गोपालराज कर्माचार्यले अस्पतालमा तत्काल सिटी स्क्यानको अभाव रहेको बताउँदै प्रदेश सरकारबाट सहयोग गरिदिन सांसद् लामासँग अनुरोध गरे ।
सांसद लामाले सिटी स्क्यानको लागि प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने आश्वासन दिँदै अस्पतालबाट सेवाग्राहीलाई दिने सेवासुविधामा कुनै पनि कन्जुस्याइँ नगर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरअध्यक्ष गोविन्दप्रसाद अधिकारी र नगरप्रवक्ता सन्तोष लामाको सहभागिता रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस