



चन्द्रागिरि नगरपालिकामा पानीकाे इनार खन्ने क्रमा पुरिएर एक जनाकाे मृत्यु भएकाे छ।काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ टौखेल सालिक मार्गस्थित सुमित्रा शर्मा पौडेलको घरको कम्पाउन्डमा इनार खन्ने क्रममा पुरिएर एक जना कामदारकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बाेहाेराका अनुसार माथिबाट माटो खसेर पुरिँदा अचेत अवस्थामा उद्धार गरी घाइतेलाई तत्काल उपचारको लागि सतुंगलस्थित नेपाल एपिएफ अस्पताल लगिएको थियो।
प्रवक्ता बाेहाेराका अनुसार मृत्यु हुनेमा सुनसरी इनरूवा गा.पा.५ घर हुने ४० वर्षीय लिडे उराउ छन्।कामदार पुरिएकाे सूचना प्रहरीले पाएपश्चात् प्रहरी निरीक्षक माधव प्रसाद चौधरी, प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको कमाण्डमा २० जना टाेली परिचालित थियाे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस