• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा

February 12, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

काठमाडौं : नेपाली सेनाले भावी पुस्तालाई इतिहास हस्तान्तरण गर्ने लक्ष्य र उद्देश्यसहित एकीकरण मार्ग–पदयात्रा सञ्चालन गर्दै आएको छ। नेपाल एकीकरणका दौरान अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्द्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनासहित नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्न थालेको ५ वर्ष पुगेको छ । पाँच वर्षको अवधिलाई नियाल्ने हो भने सेनाले इतिहास पुस्ता हस्तान्तरण मात्र होइन संरक्षणको काम पनि गरिरहेको छ।

कोरोना भाइरसको महामारीकै बेलामा पनि नेपाली सेनाले लकडाउन र निषेधाज्ञालाई जनचेतनाकै रूपमा एकीकरण मार्ग सञ्चालन गरेको थियो । त्यसयता यो कार्यक्रम निरन्तर सञ्चालन भइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरूको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो । नेपाली सेनाका सहायक रथी एव प्रवक्ता गौरव केसीले यो पदयात्रालाई इतिहास र भूगोल एकसाथ जोडेको बताउँछन् । ‘अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ र यो इतिहास मात्र होइन भूगोल पनि भएकाले नेपालको भूगोलको बारेमा पनि नयाँ पुस्ताले थाह पाउनुपर्छ’, सहायक रथी केसीले भने ।

यही क्रममा नेपाली सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरू पनि तयार गरेको छ । नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्त्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्ताबेजहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमान्ड मार्ग निर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रवर्द्धन गर्ने विषय उल्लेख छ । यही कार्यक्रम अन्तर्गत सिन्धुलीमा गढी संग्राहलय र बारामा इतिहास झल्कने गरी एकता पार्क निर्माण भैसकेको छ।

‘एकीकरण पदमार्ग’ नेपाली सेनाले तयार गरेका धेरै महत्त्वपूर्ण काममध्ये एउटा हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा सयौँ पहाड, खेत, नदी र खोला तरेर गोर्खाबाट काठमाडौँसम्म पैदल यात्रा गरेका इतिहास विश्वमै परिचित छ । यो विषय नयाँ पुस्तालाई पनि जानकारी गराउने उद्देश्य राखिएको छ । पृथ्वी नारायण शाह बिस वर्षको उमेरमा राजा भएपछि भोगविलास, परिवार सबै बिर्सेर राष्ट्र एकीकरणमा अविराम अभियानमा लाग्दा भोगेको दुःखको सँगालोको रूपमा पनि नयाँ पुस्तालाई जनाकारी यो पदमार्ग यात्राले दिएको छ ।

नेपाल एकीकरण क्रममा युद्ध लड्न बनाइएका गढी, किल्ला र कोटहरू लामो समयसम्म संरक्षणविहीन रहेका थिए । सरकारले ऐतिहासिक गढी संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने गढी अवशेषमा सीमित भएको र कतिपयको त अवशेष पनि हराउने अवस्था पुगेपछि नेपाली सेनाले यसको महत्वलाई ध्यान दिएर संरक्षण गर्न थालेको छ।

काठमाडौं, दहचोकस्थित नौ वटा ऐतिहासिक गढी अन्तर्गत दह चोक गढीमा पृथ्वीनारायण शाह आफैँ बसेका थिए भन्ने गरिन्छ । एकीकरण क्रममा लडाइँ लड्न सामरिक महत्वका स्थानमा अस्थायी या स्थायी रूपमा किल्ला खडा गरेर गढी बनाइएका थिए । धेरैजसो गढीहरू त्यस बेलाको समय अनुसार काठ, माटो र ढुङ्गा प्रयोग गरी बनाइएका थिए । पृथ्वीनारायण शाहको पालामा गोरखाबाट गढी बनाउने काम सुरु भई हाल भारतको टिस्टा नदीसम्म पुर्‍याइएको इतिहासविद्हरूको दाबी छ । पृथ्वीनारायण शाहपछि पनि नेपाल एकीकरण अभियान जारी रह्यो । त्यसपछि पूर्वको टिस्टादेखि काँगडासम्म गढी बनाइए । यस्ता गढी करिब ३ हजार भएको इतिहासकार बताउँछन् । पृथ्वीनारायण शाहको पालामा मात्रै विभिन्न स्थानमा करिब एक हजार गढी बनाइएका थिए ।

इतिहासकारका अनुसार पृथ्वीनारायण शाहको निधनपछि उनकी जेठी बुहारी एवं प्रतापसिहं शाहकी पत्नी राजेन्द्र लक्ष्मीको पालामा लमजुङ, कास्की र तनहुँमा गढी बनाइएका थिए । त्यसपछि बहादुर शाहको पालामा कास्कीलगायत स्थानमा गढी बनाइए । रणबहादुर शाहको पालामा काँगडासम्म गढी बनाइएका थिए।

२०४६ अघिसम्म गढीको संरक्षण र सुरक्षाको जिम्मा रक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसपछि गढीको सुरक्षा जिम्मा स्थानीय विकास मन्त्रालयले लियो । गढी सुरक्षाको जिम्मा स्थानीय विकास मन्त्रालयमा आएपछि गढी र किल्लाको सुरक्षा गर्ने जिम्मेवारी सम्बन्धित गाविस र नगरपालिकालाई दिइयो । गढी सुरक्षा जिम्मा गाविस र नगरपालिकामा आएपछि अलपत्र हुने क्रम सुरु भएको नेपाली सेनाका अधिकारीले बताएपछि यसलाई संरक्षण गर्नुपर्ने आवाज सर्वत्र उठ्न थालेको थियो । त्यसपछि नेपाली सेनाले यसलाई महत्त्व दिएर हरेक वर्ष एकीकरण मार्ग पदयात्रा गर्न थालेको हो । २०७६ पुस १८ देखि २७ गतेसम्म गोरखा–काठमाडौँबिच पृथ्वीनारायण हिँडेको पदमार्गमा नेपाली सेनाले सयौँलाई पहिलो पटक पदयात्रा गरायो।

पृथ्वी नारायण शाहले वि.सं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलान्चोक जिल्ला एकीकरण अभियानमा गोरखापछि प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान भएका थिए । पहिचान भएका छ पद मार्गमध्ये १८२० कात्तिक १० गते धुलिखेल विजय पश्चात् चौकोट–शारदा कोट–गोरखनाथ हुँदै सोही कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको मार्गमा पदयात्रा भएको सैनिकहरूले जनाएका छन्।

विभिन्न अभिलेखअनुसार सेनाद्वारा पहिचान गरिएका अन्य पदमार्गमा १८०३ मा नगरकोट कब्जा गरेपश्चात् १८१६ मा नगरकोट–अनेकोट–लामिडाँडा हुँदै पलान्चोक कब्जा गर्न प्रयोग भएका बाटो, १८१८ मा पलान्चोक विजय पश्चात् भमरकोट–काभ्रेकोटसमेत विजय गरी सोही असार ३० गते चौकोटमाथि हमला गर्दा प्रयोग भएको बाटो, चौकोट विजय पश्चात् फस्कोट–फूलबारी कोट–बुचाकोट–मेथिनकोट कब्जा गरी १८१९ असोज २ गते तेमाल कोट कब्जा गर्न प्रयोग गरिएको बाटो, तेमाल कोट विजय पश्चात् १८२० कात्तिक १० गते धुवाँकोट–दाप्चा–नमो बुद्ध–फस्कोट हुँदै पुनः चौकोट विजय र सोही दिन कोट खेल हुँदै धुलिखेल विजय गर्दा प्रयोग भएको बाटो र धुलिखेलबाट गोसाईं स्थान–नाल कोट–साँगा हुँदै बनेपा पनौतीबाट नागी डाँडा–साँगा हुँदै बनेपा आउन प्रयोग गरिएका बाटो रहेका छन् ।

नेपाली सेनाका अवकाशप्राप्त उपरथी ताराबहादुर कार्की भने यो पदयात्रा इतिहास भूगोल मात्र नभई त्यति बेलाको सामरिक मार्गको महत्त्व बुझाउने त्यसले नयाँ पुस्तालाई एकीकरण कसरी भएको रहेछ भन्ने जानकारी दिने बत्ताउँछन् । ‘ नेपाल एकीकरणको सफलता र एकताको प्रतीक भएको, त्यति बेलाको सैन्य रणनीतिको विषय, पदमार्गको छनौट विषय पनि अध्ययन अनुसन्धान पाटो हो ।

त्यस कारण नेपाली सेनाले यसको सुरुवात गरेको हो । साथै एकीकरणको रणनीतिक योजना र सामरिक महत्त्व पनि भएकाले यसको स्मरण हुने भएकाले नेपाली सेनाले पछ्याउँदै आएको छ । भावी पुस्तालाई नमुना होस भन्ने भावना सेनाको छ’, अवकाशप्राप्त उपरथी कार्कीले भने।

यसै गरी पृथ्वीनारायण शाहले काठमाडौँसम्म यात्रा गरेको बाटो गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्म टर्च बालेर पदयात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने एकीकरण सम्बन्धी कार्यक्रम र गतिविधि गोरखाबाटै हुने गरेको छ । अर्कोतर्फ गोरखादेखि तनहुँ, पाल्पा हुँदै रुपन्देहीको जितगढी महत्त्वपूर्ण पदयात्रा हो।

जितपुरगढीलाई युद्ध संग्रहालयको रूपमा पनि विकास गरिदैछ । पृथ्वीनारायण शाहपछि पनि यस्ता पदमार्गहरू प्रयोग भएका पाइन्छन् । इतिहासकारहरूले यो पदमार्ग यात्रालाई पछिल्लो वस्तुस्थितिलाई नेपाली एकीकरण सम्झाउने सांस्कृतिक, सामाजिक र भौगोलिक एकताको सन्देश बोकेको कार्यक्रमको रूपमा चित्रण गरेका छन् । यो एकीकरण पदयात्रामा स्थानीय तहको पनि संलग्नता रहेको छ ।

जहाँ जहाँ एकीकरण पदमार्ग रहेका छन् ती पदमार्ग पर्ने स्थानीय तहले नेपाली सेनालाई स्थानीय तहका जनता, जनप्रतिनीधिहरुले बाजागाजा सहित साथ दिएका छन् । त्यसमध्येका तनहुँ भानु नगरपालिका मेयरले यसलाई सांस्कृतिक, सामाजिक सद्भाव यात्राको रूपमा पनि अर्थ्याएका छन् । ‘इतिहास जान्ने अधिकारी हाम्रो नै हो । इतिहासको संरक्षण गर्ने पुरातात्त्विक महत्वका ठाउँलाई देशव्यापी चिनाउने र अहिले भड्किँदै गएको सामाजिक सद्भावलाई कायम गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यस कारण नेपाली सेनाले यो एकीकरण पदमार्ग अन्तर्गतको पदयात्राले सांस्कृतिक, सामाजिक र भौगोलिक रूपमा एकीकरणको सन्देश दिएको छ’, मेयर त्रिपाठीले भने ।

गढी किल्लाहरू

नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह र उनले युद्ध लडेका विभिन्न गढी र किल्लाको विषयमा नेपाली सेनाका सहायक रथी (बृगेडियर जनरल) प्रेमसिंह बस्न्यातले खोज अनुसन्धान गरी ‘नेपालका गढी–किल्ला दर्पण’ (सैनिक इतिहास) नामक अलग्गै पुस्तक लेखेका छन्।

उनले नेपालभित्र रहेका र नेपाली सेनाले युद्ध लडेका तर हाल नेपालबाहिर (भारतका विभिन्न इलाकामा समेत) पारिएका गढ, गढी, गड, गौँडा, किल्ला, क्वाथ, कोत (कोट), खलङ्गा, चोकहरूमा आफैँ पुगेर, ती स्थानमा पहिले भएका युद्ध, हाल ती स्थलहरूको अवस्था, तिनको महत्त्व र मर्मत सम्भार एवम् संरक्षणबारेमा अध्ययन गरेको पाइन्छ।

नेपाली भूमिमा नेपाल राष्ट्र निर्माण अभियानको सिलसिलामा पछिल्ला दिनमा लडिएका युद्ध विवरणहरूको रहेको छ । पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका भूमिमा लडिएका युद्ध विवरण र युद्धस्थलहरुको शाब्दिक चित्रण गरिएअनुसार नै गढीहरू उल्लेख गरिएका छन्।

पूर्वको हतुवा गढी, उदयपुर गढी, चौदण्डी गढी, चैनपुर गढी, सिद्धिपुर गढी, संगुरी गढी, विजयपुर गढी, गढी थुम्का (इलाम), सिन्धुली गढी, सिन्धुलीको पोैवा गढी, सिन्धुपाल्चोकको दुगुना गढी, लिस्तिकोट, कप्तान पाटी, साँगा चोक गढी, पलान्चोक गढी, भंवरकोट गढी, फूलबारी कोट, जहरसिंह पौवा, नालदुम तथा महादेव पोखरी, नालदुम गढी, कपन गढी, दह चोक, रसुवागढी, नुवाकोट, बेलकोट, समनपुर, बारा गढी, सिम्रौनगढ, तिमालकोट, अम्बास गढी, ढुङ्गे गढी, मकवानपुर गढी, हरिहरपुर गढी, डढुवा गढी, चिसापानी गढी, पर्सा गढी, कान्द्राङ्ग गढी, लिगलिग कोट, गोर्खा दरबार कोट, लमजुङ दरबार कोट, लमजुङको पुरानो कोट, तुर्लुङ कोट, रागीनास कोट, कास्की कोट, सिन्च्याङ गढी, प्याहुली गढी, उपर दाङ गढी, कबिलासका गढी, सुमेश्वर गढी चितवन, पाल्पाको जितगढी, स्याङ्जाको सतहुं (कोट) गढी, नुवाकोट (पल्लो) गढी, शिवराज (स्युराज) गढी, छिल्लिकोट, बयलकाटा गढी, मङ्गल गढी, दुल्लु गढी, दैलेख गढी, जोरायल (डोटी) गढी (कोट), अमरसिंह गढी डडेलधुरा, अजयमेरु कोट (दरबार), तिखा गढी डोटी, समेत हाल नेपालभित्र रहेका गढीहरू उल्लेख गरिएका छन् । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुवा, सिन्धुली, इलाम, धनकुटा, भोजपुर, उदयपुर, मकवानपुर, लमजुङ, चिसापानी, चितवन, रुपन्देही, कपिलवस्तु, दैलेख र डडेलधुराका गढी समेटिएको छ ।
‘नयाँ पुस्तालाई इतिहासको जानकारी दिनुपर्छ’

सहायक रथी गौरव केसी, प्रवक्ता (नेपाली सेना)

एकीकरण मार्ग पदयात्राको महत्त्व के रहेको छ ?

पृथ्वीनारायण शाहको फौजले तत्कालीन समय र परिस्थितिमा एकीकरणको क्रममा पैदल बाटो कसरी प्रयोग गरियो र कुन–कुन बाटो प्रयोग भएको थियो भनेर नयाँ पुस्ताले एकीकरण मार्ग पदयात्रा मार्फत थाह पाउनुपर्छ । त्यो बाटो उजागर होस, सर्वसाधारणलाई जानकारी होस, लडाइको बेला फौजहरू कसरी ‘मुभ’ भएका थिए । नेपाली सेनाले विशेष गरी पहिलो पटक गोरखाबाट काठमाडौँमा गरेका थियौ । यसपछि देशका विभिन्न भागमा भएको छ । अहिलेको पुस्तालाई त्यति बेला कुन कुन बाटो प्रयोग भएका थिए भनेर जान्नुपर्नेछ ।

यसबाट भावी पुस्तामा कसरी इतिहास हस्तान्तरण हुन्छ ?

अहिलेको पुस्तामा इतिहासको पढाइ लेखाई कमजोर देखियो । विश्वविद्यालयमा हेर्ने हो भने इतिहासका विद्यार्थी निकै कम छन् । पहिलो मानविकी अध्यापन गराउने क्याम्पसमा इतिहासको पढाइ हुन्थ्यो । अहिले त्यो कम छ छदै छैन भन्ने होइन तर कम छ । कुनै पनि पुस्ताले हाम्रो इतिहासको बारेमा पर्याप्त जानकारी हुनुपर्छ । इतिहास भनेको हरेकले जानकारी राख्नुपर्छ । कतिपय मुलुकको इतिहास छोटो छ र उनीहरूले आफ्ना पुस्तालाई कला,संस्कृति, भाषा इतिहासको बारेमा जानकारी गराउँछन् । हाम्रो मुलुकको एकीकरण लामो छ, यसलाई भावी पुस्ताले नेपालीबाटै थाह पाउनुपर्छ । अझ अहिलेको पुस्ताले राष्ट्र र राष्ट्रियताबारे जानकारी राख्नु आवश्यक छ । त्यसकै अनुपम उदाहरण हो एकीकरण मार्ग पदयात्रा हो । यो कार्यक्रमका लागि नेपाली सेनाले सरकार, स्थानीय तह र जनताबाट अथाह सहयोग पाएको छ।

यो कहिलेसम्म चल्छ ?

नयाँ नयाँ पदमार्ग खोजेर गरिरहन्छौ । गोरखा, काठमाडौँ, गोरखा जितपुर अहिले पूर्वतिर पनि चलेको छ । स्थानीय तहको पनि सहभागिता छ । नयाँ पुस्ताको पनि सहभागिता छ । त्यस कारण यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको हुन्छ । पूर्वतिरबाट पनि अहिले उत्सुकता पूर्वक एकीकरण मार्ग पदयात्रा चलिरहन्छ ।
‘रणकौशलको मार्ग हो’

ताराबहादुर कार्की, पूर्व उपरथी(नेपाली सेना)

एकीकरण मार्गमा किन पदयात्रा गरियो ?

नेपालको एकीकरणको दौरानमा पृथ्वीनारायण शाहले जुन बाटो प्रयोग गर्नुभयो र नेपाल एकीकरणको अभियान सञ्चालन गर्नुभयो त्यो बाटो महत्त्वपूर्ण छ । नेपाल एकीकरण कसरी भयो भनेर बुझ्न नयाँ पुस्ताले इतिहासको पाना मात्र पल्टाउने होइन पदयात्रा नै गरेर थाह पाउनुपर्‍यो । भोलीका दिनमा यस्ता मार्गहरू हराउँदै जानेछन् र इतिहासको महत्त्वपूर्ण पाटो लोप हुनसक्छ ।

नेपाल एकीकरणको सफलता र एकताको प्रतीक भएको, त्यति बेलाको सैन्य रणनीतिको विषय, पदमार्गको छनौट विषय पनि अध्ययन अनुसन्धान पाटो हो । त्यस कारण नेपाली सेनाले यसको सुरुवात गरेको हो । साथै एकीकरणको रणनीतिक योजना र सामरिक महत्त्व पनि भएकाले यसको स्मरण हुने भएकाले नेपाली सेनाले पछ्याउँदै आएको छ । भावी पुस्तालाई नमुना होस भन्ने भावना सेनाको छ ।

यसलाई किन सामरिक महत्त्व भनिएको हो ?

त्यति बेलाको अवस्थालाई हेर्दा त्यो रणनीतिक मात्रै नभएर सामरिक महत्वको मार्ग छनौट भएको छ । रणनीतिक महत्वको मात्र देखिँदैन सामरिक महत्वको मार्ग छनौटले कतिपय स्थानको विजयलाई सुनिश्चित गरेको छ भने कतिपय स्नानमा बैरीको सेनालाई पराजित गर्न सफल भएको देखिन्छ । त्यति बेला रणनीति कौशल थिएन भने वैरीका फौजलाई त्यति बेलाको सैनिकलाई अप्ठेरो पनि पर्न सक्थ्यो तर जुन ढङ्गले एकीकरण पदमार्गको छनौट भएको छ त्यो सामरिक दृष्टिकोण र रणनीतिक कौशलको महत्वको छ भन्ने पुष्टि हुन्छ । केही ठाउँमा रहँदा अङ्ग्रेजहरूको फौजको आक्रमणलाई समेत विफल बनाएको देखिन्छ । त्यस कारण पनि यो रणनीतिक हुनुका साथै रण कौशलको रूपमा पनि अब्बल पदमार्ग हो ।

यो पदयात्रा भावी पुस्तालाई इतिहास हस्तान्तरणको कार्यक्रम कसरी बन्यो त ?

नेपाली सेनाले विगत केही वर्षदेखि एकीकरण मार्ग पदयात्राको कार्यक्रम सञ्चालनमा अहिलेको पुस्ताको रुचि देखिन्छ । हाम्रो नेपाल कसरी एकीकरण भएको रहेछ, कुन बाटोको प्रयोग भएको रहेछ भन्ने जानकारीका लागि सेनासँग सर्वसाधारणको सहभागिताले पुष्टि गरेको छ । पदमार्गमा पर्ने स्थानीय तहहरूले पनि यसलाई साथ दिएको देखिन्छ । साथै अहिलेको पुस्ताले यसबारेमा जानकारी लियो भने भावी पुस्तालाई त्यही कुरा जानकारी हुँदै जान्छ अर्थात् अहिले जे सिकायो र सिकाइयो र इतिहासको यथार्थ चित्रण गराइयो भने पछिल्लो पुस्तामा हस्तान्तरण हुँदै जाने हो । जुन काम नेपाली सेनाले गरेको छ यसलाई नै इतिहास हस्तान्तरणको रूपमा हेर्न सकिन्छ । साथै यो साहसिक दूरदर्शी रणनीतिको इतिहास हस्तान्तरण पनि हो । यो विषयलाई हामीले भावी पुस्तालाई जानकारी दिनुपर्छ । त्यति बेलाको सैनिकमा रण कौशलको जानकारी दिनुपर्छ ।
‘पदयात्राले सांस्कृतिक एकिकरणको सन्देश दिएको छ’

आनन्दराज त्रिपाठी, मेयर (भानु नगरपालिका)

नेपाली सेनाले ल्याएको एकीकरण पदमार्ग नयाँ पीढीलाई इतिहास र भूगोल दुवै चिनाउने एउटा राम्रो कार्यक्रम हो । एकीकरण पदमार्गमा पर्ने सबै स्थानीय तहहरूले सहयोग गरेका छन् । सहयोग गर्नुको उद्देश्य नेपाल एकीकरणमा त्यति बेला सेनाहरू कसरी लडाइमा सहभागी भएका थिए भनेर नयाँ पुस्ताले थाह पाउनुपर्छ, जानकारी राख्नुपर्छ र उनीहरूमा इतिहासको मात्र नभएर भूगोलको अवस्थाबारे पनि थाह पाउनुपर्छ भन्ने नै हो । यो अभियानमा म आफू पनि सहभागी भएको छु । मैले पनि कतिपय विषय बस्तुबारे जानकारी लिने अवसर पाएको छु । यसले भूगोल चिनाएको छ, देश चिनाएको छ, नागरिकहरूबिच समन्वय गर्ने र एकताको सन्देश दिने काम गरेको छ । पूर्वजहरूले लडेर मुलुक एकीकरण गर्दा भोगेको दुःखको जानकारी पनि यो एकीकरण पदयात्रा मार्फत नयाँ पुस्ताले थाह पाएका छन् । उनीहरूले इतिहास पल्टाउने खोतल्ने र अध्ययन गर्ने साथै संरक्षणको जिम्मेवारी लिने अवसर पनि हो।

इतिहास जान्ने अधिकारी हाम्रो नै हो । इतिहासको संरक्षण गर्ने पुरातात्त्विक महत्वका ठाउँलाई देशव्यापी चिनाउने र अहिले भड्किँदै गएको सामाजिक सद्भावलाई कायम गर्ने जिम्मेवारी पनि हाम्रो हो । त्यस कारण नेपाली सेनाले यो एकीकरण पदमार्ग अन्तर्गतको पदयात्राले सांस्कृतिक, सामाजिक र भौगोलिक रूपमा एकीकरणको सन्देश दिएको छ । यो निरन्तर जारी राख्नुपर्छ र पुराना विषयहरूको पुर्न ताजगी बनाइरहनुपर्छ भन्ने मेरो धारणा छ । यो पदयात्रा हरेक वर्ष यसरी भएमा नेपालीहरूले आफ्ना पुरानो परिवेशलाई बुझ्ने मौका पाउने छन्।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑