
भरतपुर : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक प्रशिक्षण कार्यक्रम गरेकाे छ। र याे कार्यक्रम पछिल्लाे समय जिल्लामा प्रभावकारी बन्दै गइरहेकाे छ।ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमबार सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक सचेतना अभिवृद्धिका लागि तालिम दिइएकाे चितवन ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले बताए ।
उनका अनुसार “एक विद्यालय एक ट्राफिक शिक्षक” कार्यक्रमलाइ अभियानकाे रुपमा विकास गरी प्रत्यक विद्यार्थीसम्म सवारी नियम बारे जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे छ ।
भरतपुर महानगरपालिका र इच्छाकामना गाँउपालिकामा प्रशिक्षण कार्यक्रम गरिसकेकाे चितवन ट्राफिकले साेमबार कालिका नगरपालिका र मंगलबार रत्ननगर नगरपालिकामा प्रशिक्षण कार्यक्रम गरेकाे छ ।
कार्यक्रममा दुइ वटै नगरपालिका भित्र सञ्चालनमा रहेका सम्पुर्ण विद्यालयबाट एक एक जना प्रतिनिधि शिक्षकको उपस्थिति रहेको थियो । सवारी नियमबारे प्रशिक्षण पाएका प्रतिनिधि शिक्षकले विद्यालयमा प्रशिक्षण दिएर दुर्घटना कम गर्ने विश्वास चितवन प्रहरीकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस