
सुर्खेत : नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार भत्काउने खेलमा आफूहरू नरहेको बताउनु भएको छ ।आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वर्तमान दुई तिहाइको गठबन्धन सरकारलाई भत्काएर आफ्नो नेतृत्वमा सरकार बनाउने बारे सोच्दै नसोचेको बताउनु भएको हो ।
उहाँले तत्काल काँग्रेस वा एमालेसँग मिलेर सरकार बनाउने कुनै पनि प्रकारको सम्भावना नरहेको स्पष्ट पार्नु भयो । प्रचण्डले माओवादीको ध्यान अहिले सरकारतिर भन्दा पनि भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै पार्टीसँगै जनजीविका र जनसरोकारका विषयमा केन्द्रित रहेको जानकारी दिनु भयो ।
वामपन्थी दलहरूसँग एकता र ध्रुवीकरणका लागि उच्चस्तरीय वार्ता समिति गठन गर्ने योजना बने पनि कार्यान्वयनमा जान नसकेको बताउँदै अध्यक्ष प्रचण्डले माओवादी घटकबिचको एकता तत्कालका लागि स्थगित रहेको बताउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले गिरीबन्धुको विषयलाई आफूले सदनदेखि सबैतिर उठाएको स्मरण गर्दै अहिले परेका मुद्दालाई अदालतले गम्भीर रूपमा लिने विश्वास व्यक्त गर्नु भयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस