• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २९, सोमबार  | Sun, 14, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

पुष्पमदन वाटिकामा थपिँदै पूर्वाधार, बढ्दै आकर्षण

February 11, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पुष्पमदन वाटिकामा थपिँदै पूर्वाधार, बढ्दै आकर्षण

हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

माडी : माडी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलमध्येमा पर्छ, पुष्पमदन वाटिका । माडी नगरपालिका–६ मा पर्ने पुष्पमदन वाटिकामा पछिल्लो समय पूर्वाधार थपिँदै छन् । यहाँ पर्यटकको आकर्षण पनि बढ्दो छ । कल्याणपुर सामुदायिक वनमा पर्ने यस ठाउँमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विसर्जन गरिएको स्थानीय बताउँछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको चितवनको दासढुङ्गामा २०५० साल जेठ ३ गते सडक दुर्घटनामा मृत्यु भएको थियो ।

भण्डारी र आश्रितको मृत्यु भएपछि उनीहरुको अस्तु देशभर लैजाने क्रममा माडीको यस ठाउँमा अस्तु विसर्जन गरिएको पुष्पमदन वाटिका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्रीप्रसाद दवाडी बताउँछन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र मदन भण्डारीको सम्झनामा पुष्पमदन वाटिका स्थापना गरिएको उनले बताए ।

एमाले नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामाको पहलमा प्रदेश सरकारबाट एक करोड रूपैयाँको काम भएको उनी बताउँछन् । उनका अनुसार अस्तु विसर्जन गर्ने बेलामा उनी पनि यहाँ पुगेका थिए । पुष्पमदन वाटिकामा पूर्वाधार निर्माण गर्न संघीय सरकार र माडी नगरपालिकाबाट पनि बजेट परेको उनले बताए ।

यहाँ दुईवटा पिकनिक स्पट छ भने स्काई चेयर, नमुना जहाज र बाल उद्यानहरु निर्माण गरिएको छ । पार्क, सिसमहल, स्वीमिङ पुल, शौचालय र बाल उद्यानमा थप संरचना निर्माण गरिँदै छ । ‘माडी आउने पर्यटकहरुमध्ये करिब ६० देखि ७० प्रतिशत पर्यटक यहाँ आउने गर्नुहुन्छ’, उनले भने । वाटिकाको विकास र सौन्दर्यीकरणका लागि गुरूयोजना पनि बनाइएको उनले जानकारी दिए ।

वाटिकाको अवलोकन गर्नका लागि प्रवेश शुल्क २० रूपैयाँ तोकिएको छ । स्काई चेयर चढेको प्रतिपर्यटक १०० र जहाज चढेको प्रतिपर्यटक ५० रूपैयाँको टिकटकको व्यवस्था गरिएको छ । वाटिकाको रेखदेख र संरक्षणका लागि तीन जना कर्मचारी खटाइएको छ । उनीहरुलाई तलबलगायतका सेवासुविधा दिन टिकटको व्यवस्था गरिएको उनी बताउँछन् ।

माडी नगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रराज पौडेलका अनुसार पुष्पमदन वाटिका माडी–६, तमुचोकबाट दक्षिणतर्फ अढाई किलोमिटरको दूरीमा पर्छ । गत वर्ष एक किमी सडकमा कालोपत्रे गरिएको थियो । यसवर्ष बाँकी ठाउँमा कालोपत्र हुँदै गरेको उनले बताए । ‘मदन र जीवराजको अस्तु विसर्जन गरेको ठाउँमा यसवर्ष चौतारा निर्माण हुँदै छ । गत वर्ष छ लाख रूपैयाँमा सिसमहलको ढलान गर्ने काम भएको थियो । यो वर्ष प्रदेशको बजेटमा प्लास्टर गर्ने र रङरोगन गर्न लागिएको छ’, उनले भने ।

पुष्पमदन वाटिका व्यवस्थापन समितिले व्यवस्थापनको काम गर्दै आएको छ । वाटिकाबाट आम्दानी भएको रकम रेखदेख एवं व्यवस्थापनमा खर्च हुने गरेको छ । कल्याणपुर गाविस कायम हुँदा नै भ्यू–टावर निर्माण गरिएको थियो । पछि मर्मत गरेर जीर्णाेद्धार गरिएको हो । बालबालिकाहरु खेल्ने बाल उद्यान, भ्यू–टावरमा चढेर माडीको दृश्यावलोकन गर्न सकिन्छ । वडा नं–६ मै माडी भ्यू सामुदायिक होमस्टे पनि रहेको छ । पर्यटकहरुलाई बस्नका लागि होमस्टेमा सातवटा घरहरु रहेका छन् ।

बाट थप

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफापश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा
  • आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेतआज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत
  • नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्ननारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    प्रहरी भर्ना आवेदन खुल्यो

    प्रहरी भर्ना आवेदन खुल्यो

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    पूर्व–पश्चिम राजमार्गमा ‘सिग्नेचर ब्रिज’ : नारायणीमा निर्माण जारी, तिनाउमा ठेक्का प्रक्रिया सुरु

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    विदेशी मुद्रामा उतारचढाव, डलर उच्च बिन्दुमा

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’: केपी ओली 

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    पुस १ देखि पाँच निकुञ्जमा बाघ गणना सुरु

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    लागू औषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    कर तथा भ्याटका झन्झट समाधानमा केन्द्रित दुई दिने तालिम चितवनमा सम्पन्न

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    यस्तो छ आजको विस्तृत राशिफल : तपाईँको दिन कस्तो रहनेछ?

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज आइतबार, मंसिर १, २०८२ — तपाईंको राशिफल

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    आज राति देशका केही स्थानमा हल्का वर्षा

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    चितवनका २० औषधि पसलमा अनुगमन, एक पसल तत्कालका लागि बन्द

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    तीन प्रदेशमा आज हल्का हिमपातको संकेत, देशभर मौसम स्थिर

    आजको विशेष राशिफल — मंगलबार

    आजको विशेष राशिफल — मंगलबार

    समाचार
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    पश्चिम वायुको प्रभाव: देशका अधिकांश भूभागमा मौसम सफा

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    आज आइतबारको राशिफल: सकारात्मक ऊर्जा र नयाँ अवसरको संकेत

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    नारायणगढ–बुटवल सडक विस्तार: पूर्वी खण्डका ३३ पुल निर्माण सम्पन्न

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    लुम्बिनी लायन्स पहिलोपटक फाइनलमा, उपाधिसम्म एक कदम मात्र

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑