
काठमाडौँ: राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो ।पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो ।
श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित हुनुभएको थियो ।अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको थियो । उहाँको हिजै सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस