
काठमाडौं : ग्रामीण क्षेत्रमा जंगली बँदेल र बाँदरबाट कृषि बाली नष्ट हुने समस्याको समाधानका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।कांग्रेस सांसद राजेन्द्र बजगाईं प्रस्तावक र उदयशमशेर जबरा, सुरेन्द्र आचार्य समर्थक भएर दर्ता गरिएको प्रस्तावमा बँदेलको आक्रमणलाई प्रतिरोध गर्न किसानलाई शिकार अनुमति दिनुपर्ने उल्लेख छ ।
अर्ध–स्वचालित हतियार चलाउने तालिम प्राप्त किसानलाई त्यसको लाइसेन्स उपलब्ध गराउनेलगायतका उपायहरु प्रस्तावमा राखिएको छ । त्यस्तै बाँदर नियन्त्रणका लागि बाँदरलाई मार्न नहुने भएकाले मानवीय वैकल्पिक समाधानको प्रस्ताव राखिएको छ ।
त्यसका लागि बाँदरलाई जंगलमै खाद्य बगैंचा स्थापना गर्नेदेखि जैविक घेराबारलगायत बाँदरलाई मन नपर्ने बोटबिरुवा लगाउने तथा वन विभागसँग सहकार्य गरेर बाँदर नियन्त्रण टोली खडा गर्नेलगायतका समाधानका उपाय सुझाइएको छ ।सोमबारै संसद सचिवालयमा दर्ता भएको अर्को जरुरी सार्वजनिक महत्वको प्रस्तावमा १८ वर्षमुनिका बालबालिकालाई यार्सागुम्बा संकलनमा रोक लगाउन प्रस्ताव गरिएको छ ।
कांग्रेस सांसद बजगाईं प्रस्तावक र सुरेन्द्र आचार्य तथा कान्तिका सेजुवाल समर्थक भएको सो प्रस्तावमा यार्सागुम्बा संकलकलाई सुरक्षित आवास, उचित खाना र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस