
चितवन, माघ २३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् ।
रवि आज बिहान १० बजे बयानका लागि अदालतमा उपस्थित हुने रास्वपा स्रोतले जानकारी दियो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकीलको कार्यालय चितवनले हिजो रविसहित १५ जना व्यक्ति र छ वटा कम्पनी विरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस