• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

काण्डमा संलग्न बा होस् कि मामा‚ सबैलाई कारबाही होस् : गगन थापा

February 5, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
काण्डमा संलग्न बा होस् कि मामा‚ सबैलाई कारबाही होस् : गगन थापा


हेल्लो चितवन अन्लाईन्
(९ महिना अघि)

पर्वत : नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले काण्डमा संलग्न बा होस् कि मामा सबैलाई कारबाही हुनुपर्ने माग गरेका छन्।नेपाली काँग्रेस पर्वत क्षेत्र (ख)ले जिल्लाको पैयुँ गाउँपालिकाको हुवासमा आयोजना गरेको प्रथम सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

थापाले भने, ‘अबको तीन वर्षमा कुनै पनि काण्डको बारेमा जनताले सुन्न नपरोस्। सुनेका काण्डको जरासम्म पुगेर अनुसन्धान होस्। काण्डमा संलग्न बा होस् कि मामा होस्। नयाँ होस् कि पुरानो होस् सबलाई कारबाही होस्।’

सहकारी ठग्ने, घुस खाने, विदेशमा मान्छे पठाउने जो कोहीलाई पनि तुरुन्त कारबाही हुनुपर्ने उनले माग गरे। त्यसो गर्दा आफ्नै पार्टीभित्रका कैयौँ मान्छे पर्न सक्ने भए पनि त्यो सबैले स्वीकार गर्नुपर्ने तर बचाउमा लाग्न नहुने महामन्त्री थापाको भनाइ छ।

यसैगरी उनले गिरिजाको ३६ महिना, बीपीका १८ महिना र मनमोहनका नौ महिनाका कामलाई बिर्साउने गरी उत्कृष्ट काम गर्नुपर्ने बताएका छन्। अबका तीन वर्ष कोही पनि नेताका काण्ड नआउने गरी सरकारले काम गर्नुपर्ने सुझाएका हुन्। यो सरकारसँग त पूरै तीन वर्ष भएको उल्लेख गर्दै यो समयमा गनगन नगरी गिरिजा र बीपीका कामलाई बिर्साउने गरी काम गर्नुपर्ने आग्रह गरे।

लगानीपछिको नाफा लैजान्छ भन्ने डर पालेकै कारण विदेशी लगानीकर्ता नआएको भन्दै उनले कीर्तिपुरको डाँडामा बसेर युवाले २-३ लाख रुपैयाँ मासिक कमाउने गरी सीपको सदुपयोग हुनुपर्ने उनले बताए।

‘सबै कुरा बिग्रियो भन्दै हिँड्ने हो भने अब कहाँको जादुगर ल्याएर काम गरौँ? नेपालमा जादुगर चाहिन्छ भन्ने सोचले डुबायो’, उनले भने, ‘५०–६० को दशक हिंसामा गयो, ६०– ७० को दशक सङ्क्रमणमा गयो, ७०–८० को दशक संविधानमा गयो अब ८०–९० को दशक काँग्रेसको नेतृत्वमा सबैलाई मिलाएर समुन्नतिको दशक बन्नुपर्छ।’

समुन्नतिको दशकमा नागरिकलाई धनी बनाउने‚ प्रत्येक नेपालीको आय अहिलेको भन्दा तेब्बर हुनुपर्ने, देशको स्तर चार गुणा उठाउने सङ्कल्प हुनुपर्ने, आन्दोलन गर्ने वेला सडक प्रयोग गरेझैँ विकासका लागि सरकारको प्रयोग गर्नुपर्ने महामन्त्री थापाको धारणा छ।

माओवादी र मधेशवादी दललाई विगतको जटिल अवस्थामा समेत मिलाएको काँग्रेसले अब पनि उनीहरूलाई सँगै लिएर देशका लागि सहकार्य गर्नुपर्ने उनको भनाइ छ। अहिलेको मुख्य समस्या भनेको लाखौँको तन्नेरीले काम नपाएर निराश हुनु रहेको उनले बताए।

काँग्रेसले अब घोषणापत्र लिएर नभई परिणाम पत्र लिएर जनताको माझमा जानुपर्ने भन्दै उनले २०८१ मा काँग्रेसले चुनाव जितेर सत्तामा बसेपछि अबको चुनावमा कार्य प्रगति जनताको माझमा लैजान अनुरोध गरे।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले राम्रा कुरामा कसैले पनि लाइक र कमेन्ट नगरेको भन्दै सामाजिक सञ्जालको प्रयोगमा सचेत रहन कार्यकर्तालाई अनुरोध गरे।वि.सं. २००७ सालमा काँग्रेसले गरेको आन्दोलनकै कारण अहिलेको लोकतन्त्रको अवस्था आएको भन्दै उनले चटके पार्टीहरूले यो कुरा दाबी गर्न सक्छन्? भन्दै प्रश्न गरे।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑