• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

February 5, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता


हेल्लो चितवन अन्लाईन्
(१0 महिना अघि)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए ।

“जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका सचिवालयले जनाएको छ ।

यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए। उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताए । साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे ।

“नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको छ, महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउदै आएकोमा धन्यवाद व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भने । उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चाल्र्सको व्यक्तिगत सुख एवं सुस्वास्थ्यको कामना व्यक्त गरे ।

नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौँ आएका हुन् । सो भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए ।

त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवर्तनले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे ।

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा व्यक्त गरे । उनले ब्रिटिस सेनामा नेपालले भर्तीको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकको सम्बन्ध कोसेढुंगा रहेको उल्लेख गरे ।

‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी

सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा-ब्रिगेडका’ प्रमुख मेजर-जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।

राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए । “ब्रिटिस-गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ”, राष्ट्रपति पौडेलले भनेका थिए ।

उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको ‘द्विपक्षीय संयन्त्र’ मा सकारात्मक छलफल भइरहेको विश्वास व्यक्त गरे ।

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑