
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)हरूलाई कानुनी प्रावधानहरूको पालना नगरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले केहि कन्सल्टेन्सीहरूले कानुन विपरीत गएर अनुमति प्राप्त स्थानभन्दा बाहिर सेवा सञ्चालन गरेको र अनुमति नपाएको क्षेत्रमा शाखा कार्यालय खोलेको जानकारी पाएको जनाएको छ।
मन्त्रालयका अनुसार, यस्तो कार्य सञ्चालन गर्न नदिने र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ अनुसार मात्रै सेवा सञ्चालन गर्न संस्थाहरुलाई सचेत गराइएको छ। शैक्षिक परामर्श र प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले जारी गरेको सूचनामा, निर्देशिका विपरीत कार्य गरेको पाइएमा कारबाही गरिने र दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने चेतावनी दिइएको छ।
साथै, २०७५ सालको १४ गते भन्दा पहिले स्थापना भएका कन्सल्टेन्सीहरूको नवीकरण यस वर्ष गरिएको थियो, र नवीकरण पश्चात पनि कतिपय संस्थाहरूले अनुमति नपाएको क्षेत्रमा सेवा प्रदान गरिरहेको गुनासो मन्त्रालयमा पुगेको छ।
मन्त्रालयले सबै कन्सल्टेन्सीहरूलाई कानुनी दायराभित्रै रहन र निर्देशिका अनुसार कार्य सञ्चालन गर्न आग्रह गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस