
तनहुँ, माघ २१ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरले कार र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खैरेनीटारबाट दमौली जाँदै गरेको ग१क ५८९६ नं. को खाली टिपरले विपरित दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नं.को कार र ग १८ प ७७५२ नं. को स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ लेखनाथ निवासी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो । यसैगरी, २१ वर्षीय दिपेश कुमार क्षेत्री घाइते हुनुभएको छ । उहाँहरु आमा छोरा हुनुहुन्छ ।
त्यस्तै, कार चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ३१ वर्षीय महेश पौडेल पनि घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।गोरखापत्र
टिपर चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका–२ भुलभुले बस्ने वर्ष–४० को प्रकाश गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरले आइतबार साँझ ६ बजे ठक्कर दिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस