
चितवन : भरतपुर महानगरपालिका वडा नं ७ को विभिन्न स्थानमा आज सात घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।भरतपुर–७ को कटहर चोकदेखि बुद्धचोकसम्म र आसपासरमा क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले बताएको छ ।
वितरण केन्द्रले सोमवार एक सूचना जारी गरी विद्युत अवरुद्ध हुनेबारे जानकारी दिएको हो । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यका लागि विद्युत अवरुद्ध हुने भएको केन्द्रले जनाएको छ ।निर्धारित समय अगावै काम सकिएमा छिटो लाइन सुचारु हुने बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस