
काठमाडौं : संयुक्त राष्ट्र संघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् ।त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार १३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
उनले भने, “हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।”
नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।विकसित घटनाक्रमका आधारमा राष्ट्र संघको निर्देशनअनुरूप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस