• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार

२०८१ माघ ११, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
प्रविधिले जोगाएको नेपाली अण्डाको बजार


हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चले कोभिडका समयमा नेपाली बजारमा अण्डाका माग ह्वात्तै घटी नगन्यमात्रामा कारोबार भएपछि विस्थापित हुनपुगेका पोल्ट्री व्यवसायीलाई एकपटकका लागि राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गरेको छ ।

कोभिड महामारीका कारण लगानी डुबेका बाहेक अधिकांश कृषकले आफ्नो व्यवसायलाई समयसापेक्ष रुपमा आधुनिक र प्रविधियुक्त बनाइ मुलुकको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाइरहेको अवस्था छ । मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार अहिले नेपालको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब लगानी भएको र त्यसको करिब आधा अर्थात् रु ८० अर्ब अण्डा उत्पादनका क्षेत्रमा लगानी रहेको छ । नेपालमा अहिले दैनिक उत्पादित ३२ लाख अण्डाले बजारको माग धानेको मञ्चले स्पष्ट गरेको छ । नेपालमा कुखुरा पालन क्षेत्रमा उन्नत प्रविधि नभित्रिएको भए यतिवेला यो क्षेत्र आत्मनिर्भर बन्न नसक्ने व्यवसायीहरू बताउँछन् ।

पछिल्ला दिनहरुमा कृषकहरु व्यावसायिक बन्दै ठूलो लगानी गरेकै कारण नेपालमा कुखुरा पालन क्षेत्र आत्मनिर्भर बन्न सकेको हो । देशकै ठूलो मध्यको दाउन्ने एग्रो फार्मका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालक कृषकहरुले ठूलो लगानी गरेकै कारण नेपाली बजारको माग धान्न सकिएको हो । अहिले नेपालमा २० भन्दा बढी ठूला व्यावसायिक फार्महरुले बातावरण अनुकुलित खोरमा कुखुरा व्यवसाय गर्दै आएका छन् । ती खोरमा आबश्यकता अनुसार तापक्रम मिलाएर कुखुरा राख्ने गरिन्छ । कुखुराले पारेका अण्डा स्वचालित उपकरणबाट एकै ठाउँमा जम्मा गर्ने गरिन्छ । कम जनशक्तिमा उच्चतम प्रविधिको प्रयोग गरेर काम गर्ने गरिएको कार्यकारी निर्देशक पोखरेलले जानकारी दिनुभयो ।

अहिले नेपालमा ५० हजार कुखुरा पाल्न बातावरण अनुकुलित खोर निर्माणका लागि करिब रु छ करोड खर्च लाग्छ । ती खोरमा कुखुरा राखेर अण्डा उत्पादन हुने बेलासम्म रु १० करोड हाराहारी लागत पुग्दछ । कार्यकारी पोखरेलले भन्नुभयो,“पछिल्लो समय लागतअनुसारको मूल्य प्राप्त हुनेगरेकाले अण्डा उत्पादनतर्फ आकषर्ण बढ्दो छ ।

यसबाट रोजगारी सिर्जना हुनुका साथ विदेशबाट अण्डा आयात गर्नुपर्ने अवस्था अन्त्य भएको छ । पोल्ट्री व्यवसायबाट विस्थापित किसानलाई राहत सहयोगसहित पुनः यसै व्यवसायमा भित्¥याउने वातावरण तयार गर्न सरकारसँग अनुरोध गर्दछु ।” नवलपरासी (बर्दघाट–सुस्ता पूर्ब)को सर्दीमा चार लाख कुखुरा पाल्दै आउनुभएका पोखरेल थप दुई लाख कुखुराका लागि खोर बनाउँदै हुनुहुन्छ । उहाँको भनाइमा उच्च जोखिमका बावजुद् नेपाली कृषक एबं व्यवसायीहरुले करोडौँ लगानी गरेकै कारण यतिबेला यहाँको अण्डाको बजार धान्न सकिएको हो । स्याङ्जाको भिरकोटमा दुई लाख कुखुरा पालेको खिलुङकालिका एग्रोफार्मले जनकपुरमा ‘जनकपुर एग्रोफार्म’ स्थापना गरेर थप चार लाख कुखुरा पालिरहेको छ ।

नवलपरासीमा नै ‘दुम्किबास पोल्ट्रि फार्म’ले चार लाख हाराहारी कुखुरा पाल्दैआएको छ । खिलुङकालीका एग्रोका प्रबन्ध निर्देशक भेषराज अर्याल अण्डा उत्पादन गर्न ठूलो लगानी गरिएको बताउनुहुन्छ । लागत मूल्य भन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अबस्था आएमा यो लगानी जोखिममा पर्ने उहाँको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका पूर्ब अध्यक्ष त्रिलोचन कँडेल ७५ प्रतिशत अण्डा उच्च प्रविधिका बातावरण अनुकुलित खोरबाट उत्पादन हुने गरेको बताउनुहुन्छ । उहाँको भनाइमा कोभिड सङ्क्रमणपछि खस्किएको बजारले ७५ प्रतिशत अण्डा उत्पादक कृषक बिस्थापित भएको छन् । उहाँले भन्नुभयो, “ठूला लगानी गर्ने व्यवसायी यस क्षेत्रमा नआएका भए अहिले अण्डाको बजार आत्मनिर्भर हुन सक्दैनथ्यो ।” हाल नेपालदमा ३० हजार भन्दामाथि कुखुरा पाल्ने किसानको सङ्ख्या २५० हाराहारी रहेको अध्यक्ष कँडेल बताउँनुहुन्छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष भट्ट कोभिड सङ्क्रमणपछि एकाएक घटेको अण्डाको मूल्यले धेरै व्यावसायीलाई यस क्षेत्रबाट बिस्थापित गराएको बताउनुहुन्छ । अहिले यस व्यवसायमा रहेकाहरू बैङ्कको ऋण थप गरेर टिक्न सकेको उहाँको भनाइ छ । नेपाली बजारमा अण्डा तथा मासुको मूल्य घटिरहेको अवस्थामा बैङ्कको ब्याजदरसहित दाना र औषधिको मूल्य बढ्नाले किसान बिस्थापित हुनुपरेको उहाँले स्पष्ट गर्नुभयो । पोल्ट्री व्यवसायी मञ्चका पूर्ब अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायतका कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । पछिल्लो समय आधुनिक प्रविधिका ठूला व्यावसायिक फार्म बढेका कारण धेरै किसान विस्थापित भए पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि दुई वर्षअघि सम्बन्धित क्षेत्रका किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए ।

सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसान समेत आउन थालेको लामिछाने बताउनुहुन्छ । सङ्घका अध्यक्ष एवं किसान एग्रोका कार्यकारी निर्देशक पोखरेल आफ्नो नेतृत्वमा अण्डा उत्पादन गर्ने कृषक तथा व्यवसायीहरु सङ्गठित रुपमा बजारीकरणमा जुटेकै कारण लागत मूल्य पाउन सकेको बताउनुहुन्छ । उहाँले भन्नुभया,े “हामीहरु सङ्गठित रुपमा नलागेको भए यतिबेला नेपालमा बिदेशी अण्डा ल्याएर खानुपर्ने अवस्था आउँथ्यो ।” पोखरेलले कुखुरा पालिरहेकाहरु अधिकाङ्शको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताउनुभयो । उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन ।

व्यवसाय सञ्चालनका क्रममा बैङ्कबाट लिएको ऋणको व्याजसमेत तिर्न नसक्दा कुखुरा पालक किसान यस क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उहाँ बताउनुहुन्छ । कोभिड सङ्क्रमणको समयमा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उहाँको भनाइ छ । अहिले नेपालमा दैनिक ३२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको लागत मूल्य रु १६ दशमलब ५६ पर्ने गरेको बिज्ञहरु बताउँछन् । सङ्घको दुई वर्षको लगातारको वजारीकरणपछि भने लागत मूल्य पाउन किसान सफल भएको कार्यकारी पोखरेल बताउनुहुन्छ ।

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑