
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट मनसुन नेपाल नक्कली शैक्षिक प्रमाणपत्रमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नेपाललाई दोषी ठहर गरेको हो ।
उनलाई ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ७ गने विशेष अदातमा मुद्दा दायर गरेका थियो । नेपालले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि पेस गरेको एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली प्रमाणित भएको हो ।
सो प्रमाणपत्र पेस गरेर उनले बढुवा समेत लिएका थिए । नेपालले ०७८ चैत २१ मा सो प्रमाणपत्र पेस गरी ०७९ असोज २८ मा बढुवा लिएका लिएका थिए । उनले थप चार सय रुपैयाँ अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्तिसमेत बुझाउनुपर्नेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस