
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वको चयन गरिएको छ। विश्वविद्यालय कार्यकारी परिषद्ले तीनवटा संकाय र अनुसन्धान निर्देशनालयमा नयाँ नियुक्ति गर्दै विश्वविद्यालयको शैक्षिक र प्रशासनिक सुधारतर्फ कदम चालेको छ।
कृषि संकायको डीनमा प्रा. डा. अर्जुनकुमार श्रेष्ठलाई पुनः नियुक्त गरिएको छ। यसअघि पनि उनले सोही जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्। पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनमा प्रा. डा. भूमिनन्द देवकोटा चयन भएका छन्, जसले यसअघि स्नातकोत्तर कार्यक्रम निर्देशकको रूपमा अनुभव संकलन गरेका थिए। वन संकायको डीनमा प्राध्यापक वासु पोखरेललाई नियुक्त गरिएको छ, जो यसअघि सहायक डीनको रूपमा कार्यरत थिए।
त्यस्तै, अनुसन्धान तथा प्रसार निर्देशनालयको निर्देशकमा प्रा. डा. निराजन भट्टराईलाई नियुक्त गरिएको छ। डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशकका रूपमा आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए।
नवनियुक्त डीन र निर्देशकलाई निर्देशन दिँदै विश्वविद्यालय उपकुलपति प्रा. डा. शारदा थपलियाले विश्वविद्यालयको प्रमुख दायित्व दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताइन्। उनले नयाँ नेतृत्वलाई विश्वविद्यालयको लक्ष्यबाट विचलित नभई जिम्मेवारी पूरा गर्न प्रेरित गरिन्।
रजिष्ट्रार प्रा. डा. पुष्कर पालले नवनियुक्त डीन र निर्देशकले विश्वविद्यालयको समग्र शैक्षिक गतिविधिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस