• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

उपत्यकाका तीन अपराधः यौन असन्तुष्टिले गयो ज्यान, एउटा एसीड आक्रमण अर्को साथीको हत्या

January 21, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
उपत्यकाका तीन अपराधः यौन असन्तुष्टिले गयो ज्यान, एउटा एसीड आक्रमण अर्को साथीको हत्या

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाडौं उपत्यकामा विविध प्रकारका अपराधका घटना भएका छन्। कतिपय आश्चर्य लाग्दा छन् भने कतिपय अत्यास लाग्दा पनि रहेका छन्। यी मध्य तीनथरी अपराधले अचम्मित तुल्याएको थियो। धुम्बाराहीको प्रगति टोलको सडकमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला परेको थिये। टाउको फुटेको अवस्थामा उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे।

स्थानीयबाटै प्रहरीले थाहा पायो, त्यसरी मृत्यु हुने युवती छेउको घरमा डेरा गरी बस्ने ३५ वर्षीया ज्योत्सना तामाङ थिइन्। प्रहरी उनको डेरामा पुग्यो।उनका दुईवटा कोठा थिए। एउटा कोठामा एक युवती पवित्रा लिम्बू बच्चासहित सुतिरहेकी थिइन् भने अर्काे कोठामा थिए प्रितम मानन्धर। उनीहरू निद्रामै थिए ।

प्रहरीले सडकमा ज्योत्सनाको शव भेटिएको बताएपछि उनीहरू आश्चर्यमा परे। बेलुका सँगै मदिरा पिएर सुतेको तर अरू केही कुरा थाहा नभएको उनीहरूले बताए। प्रहरीले सोधपुछका लागि दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज लगेको थियो।अनुसन्धानका क्रममा यौनसम्बन्धी विवादमा बाथरुममा झगडा हुँदा उनी झ्यालबाट खसेर मृत्यु भएको खुल्यो। प्रेमी प्रितम मानन्धरसँग झगडा हँुदा उनी खसेकी थिइन्।

प्रहरीका अनुसार आफूलाई यौन सन्तुष्टि दिन नसकेको भन्दै उनले मानन्धरसँग झगडा गरेकी थिइन्। त्यही क्रममा उनी बाथरुमको झ्यालबाट खसेकी थिइन्। बरन्डामा खसेको हुनसक्ने भन्दै आफू कोठामा गएर सुतेको मानन्धरले बयान दिएका थिए। प्रहरीका अनुसार दोस्रोपटक शारीरिक सम्पर्कका लागि बिहान करिब दुई बजे युवतीले नै मानन्धरलाई बाथरुममा बोलाएकी थिइन्।

अर्काे केटी भएकाले आफूलाई सन्तुष्टि दिन नसकेको भन्दै झगडा गरेकै वेला उनी बाथरुमको झ्यालबाट खसेको प्रहरीले जनाएको छ। उनीहरूबीच चिनजान भएको दुई महिना मात्र भएको थियो।

तामाङको भाटभटेनीमा फेन्सी पसल थियो भने मानन्धरको टंगालमा रेस्टुरेन्ट थियो। मानन्धरको रेस्टुरेन्टमा खाजा खान जाने क्रममा उनीहरू नजिकिएका थिए। त्यही क्रममा दुई महिनादेखि मानन्धर निरन्तर रूपमा उनको डेरामा जाने गर्थे।

प्रेमसँग जोडिएको अर्को अपराध थियो– एसीड।प्रेम अस्वीकारको बदला एसीड आक्रमण भयो। झोंछेको एसीड आक्रमण काण्डले अन्तर्राष्ट्रिय चर्चा पायो। रामेछापकी संगीता थापा मगरलाई रामेछापकै जीवन विकले एसीडले आक्रमण गरे।

जीवनले प्रहरीमा दिएको बयानअनुसार यो अपराधको सुरुवात प्रेमबाटै भएको थियो। कुनै समय जीवन र संगीता प्रेम सम्बन्धमा थिए। तर, दुई परिवारबीच झगडा भएपछि उनीहरूको सम्बन्ध चिसियो। संगीताको परिवारले आफूलाई जातकै कारण हेला गरेको र सोही कारण संगीताले पनि प्रेममा धोका दिएको भन्दै जीवनले त्यसको बदला लिन एसीड आक्रमण गरेको अनुसन्धानमा खुलेको थियो। जीवन पढाइमा टाठा थिए। एलएलसीमा पनि ७० प्रतिशत नम्बर ल्याएर पास गरेका थिए। त्यसकारण संगीता उनीसँग पढ्ने गर्थिन्। त्यही क्रममा दुईजना नजिकिएका थिए।

सुरुमा आफूले नाम जीवन खड्का बताएको तर पछि आफू विक भएको थाहा पाएपछि संगीताले हेला गरेको उनले बताउँदै आएका थिए। प्रेममा धोका दिएको र आफ्नो परिवारलाई हेपेको प्रतिशोधमा आक्रमण गरेको उनले बताएका थिए।

एक वर्षसम्म परिवारलाई समेत आफू भारतीय सेनामा जागिरे रहेको भन्दै ढाँटेर टोखामा उनी डेरा गरी बस्दै आएका थिए। उनले एक वर्षदेखि योजना बनाएर आक्रमण गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।प्रेम र यौनले फरक किसिमका अपराधको जन्म गराएको अर्को उदाहरण हो, साथीको पत्नीसँगको सम्बन्ध।

एक सैनिकले आफ्नै साथीको शिवपुरीको जंगलमा हत्या गरे। अमल्दार रोहितकुमार ओझा आफ्नै साथी रुद्रकुमार थापाद्वारा मारिए। पत्नी आस्था मगरसँग लागेको भन्दै उनले साथीको हत्या गरेका थिए।

घटनाको दुई सातापछि थापालाई प्रहरीले पक्राउ गरेको थियो। आफ्नी पत्नीसँग सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको बयान उनले दिएका थिए। रोहित र रुद्रको करिब ६ वर्ष लामो मित्रता थियो। तर, पत्नीसँग रोहितको प्रेमसम्बन्ध भएको थाहा भएपछि उनीहरूबीच दुस्मनी भयो, जसको परिणाम एकको मृत्यु भयो भने अर्का जेलमा पुगेका छन्।

०६६ सालमा नेपाली सेनाको रौतहटस्थित जोरहवा ब्यारेकमा उनीहरूबीच चिनजान भएको थियो। रोहित त्यसवेला उक्त ब्यारेकमा परीक्षा दिने क्रममा पुगेका थिए। रुद्र पहिलेदेखि नै त्यहीँ कार्यरत थिए। त्यहीँ रुद्रले आफ्नी पत्नी आस्थाको चिनजान रोहितसँग गराइदिएका थिए।

पछि रोहित र आस्थाले एक–अर्कालाई मन पराउन थाले, जुन कुरा लामो समय गोप्य रह्यो। उनीहरूबीच गोप्य रूपमा फोनमा बारम्बार कुरा हुन थाल्यो र भेटघाट पनि बाक्लियो। रुद्रले त्यसबारे थाहा नपाऊन् भनेर रोहितले एनसेलको छुट्टै मोबाइल किनेर आस्थालाई दिएका थिए।

पछि रुद्र शान्ति मिसनमा विदेश गए। पत्नीलाई नेपालटारमा डेरा खोजेर राखिदिए। उनी विदेश गएपछि रोहित र आस्थाको प्रेम झन् झाँगियो। रोहित धेरै समय आस्थाकै डेरामा बिताउन थालेका थिए।शान्ति मिसनबाट फर्किएपछि दुईजनाको सम्बन्धलाई लिएर रुद्रले शंका गर्न थाले। पत्नीसँग पटक–पटक झगडा पनि गरे।

दुवैजनालाई सँगै राखेर कुरा गरे। दुवैजनाले आफूहरू दाजुबहिनीजस्तो भएकाले धेरै भेट्ने र फोनमा कुरा गर्ने गरेको बताए। तर, रुद्रको चित्त बुझेन। भद्रकाली मन्दिरमा बोलाएर एक–अर्कालाई दाजुबहिनीका रूपमा कसम खुवाएर खुट्टा ढोग्नसमेत लगाए।

तर, त्यसपछि पनि रोहित आफ्नो डेरामा श्रीमतीलाई भेट्न आउने गरेको छोरीबाट थाहा पाएपछि उनले शिवपुरीमा छलफल गर्न भनेर बोलाएका थिए। पेटीले टाउकामा हानेर उनले हत्या गरी शव माटोले पुरेर बुटवल भागेका थिए। बुटवलबाटै उपत्यका अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो।

प्रहरीका उच्च अधिकारीले यौन र प्रेमका कारण हत्यासम्मका घटनाका यी प्रतिनिधि विषय मात्र रहेको जनाएका छन्। हत्या आत्महत्या जस्ता विषयको विकराल तथ्याङ्क फेला पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑