• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २, सोमबार | Mon, 16, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको समग्र नाफा ४ प्रतिशतले घट्यो, कुन बैंकले कति कमाए ?

२०८१ माघ ८, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको समग्र नाफा ४ प्रतिशतले घट्यो, कुन बैंकले कति कमाए ?


हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

नेपालमा संचालित वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। यो अवधिमा बैंकहरुको कुल खुद नाफा गत वर्षको तुलनामा ४.६२ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले नाफा वृद्धि गर्न सफल भए पनि बाँकी ९ बैंकहरुको नाफा घट्दा समग्रमा वाणिज्य बैंक क्षेत्रको नाफामा संकुचन आएको हो।

नबिल बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा गर्ने बैंक बन्न सफल भएको छ । यसको नाफा गत वर्षको तुलनामा १.२९ प्रतिशतले मात्र बढेको हो। ग्लोबल आइएमई बैंक ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। यस बैंकको नाफा गत वर्षको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ५७.१८ प्रतिशतले वृद्धि भएको हो ।

एभरेस्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्दै गत वर्षको तुलनामा २१.११ प्रतिशतले सुधार गरेको छ। एनएमबि बैंकको नाफा २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढी हो। प्राइम कमर्शियल बैंकले भने १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन १४.३४ प्रतिशतले घटेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यसको नाफा गत वर्षको तुलनामा ४.९७ प्रतिशतले घटेको छ। हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ०.९८ प्रतिशतले सुधार गरेको छ। प्रभु बैंकले भने सबैभन्दा धेरै ८५.४९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कमाएको छ।

सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन ४.७२ प्रतिशतले वृद्धि भएको हो। लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ। यो ९.७१ प्रतिशतले वृद्धि भएको हो। कृषि विकास बैंकको नाफा भने ९५ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जुन २९.३५ प्रतिशतले कम हो। नेपाल एसबीआई बैंकले ९० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्दै ७.११ प्रतिशतको सुधार गरेको छ।

माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा झिनो अंक मात्रै बढी हो। राष्ट्रिय वाणिज्य बैंकको नाफा ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन ६२.१४ प्रतिशतले घटेको छ। सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख रुपैयाँमा झरेको छ, जुन १५.४५ प्रतिशतले कम हो। सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा ५३.३६ प्रतिशतले गिरावट बेहोरेको छ।

नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २१.८७ प्रतिशतले कम हो। कुमारी बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा झरेको छ, जुन ६८.०२ प्रतिशतले कम हो। सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ। यस बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ९२.०३ प्रतिशतले नाफामा गिरावट बेहोरेको छ।

पुस मसान्तसम्ममा अर्ब क्लबमा ११ बैंक रहेका छन्। तीमध्ये दुई बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका छन् भने तीन बैंकले २ अर्बभन्दा बढी नाफा गरेका छन्। बाँकी ६ बैंकको नाफा १ अर्बभन्दा बढी रहेको छ।

बाट थप

  • शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुनशाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
  • हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथहिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
  • ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
  • इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियोइरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    आँप खाँदा आउँन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    बिधायन ब्यवस्थापन समितिको बैठक बस्दैँ

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    चौबिसकोठीमा प्रहरीले कागजात चेकिङ: सवारी सुरक्षामा कडाइ

    समाचार
    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    ‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    इरान हमला पछि नेतान्याहुको छोराको बिबाह रोकियो

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज देखि

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑