
राक्सिराङमा एक वृद्ध चेपाङ दम्पतीले पहिलो पटक आफ्नै पक्की घर पाएका छन् । ९२ वर्षीय जयराम र ८० वर्षीय लक्ष्मी चेपाङले नयाँ घर पाएका हुन् ।
नयाँ घर पाउँदा उनीहरूले खुसी व्यक्त गरेका छन् । ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो),’ जयरामले चेपाङ भाषामा भने । उनकी श्रीमती लक्ष्मीले पनि मर्ने बेलामा नयाँ घर पाएको भन्दै खुसी व्यक्त गरिन् ।
राक्सिराङ गाउँपालिका–५ साचक टोलमा अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको उक्त नवनिर्मित घर पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिवार चेपाङ दम्पतीलाई डोर्याउँदै घरभित्र प्रवेश गराइएकी छिन् ।
३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको यो घरमा दुई वटा पलङसहितको कोठा, सोलार बत्ती, पिउने पानीको धारा र पक्की शौचालय छन् । अभियन्ता लोप्चन तामाङले उनीहरूलाई थप खर्चका लागि २ लाख ४२ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
मनहरी बजारबाट दुई घण्टाको दूरीमा रहेको यो बस्तीमा सरकारी जनता आवास कार्यक्रमअन्तर्गत घरहरू बन्दै छन् । तर जग्गाको स्वामित्व नभएका कारण यी दम्पती त्यस कार्यक्रमबाट वञ्चित थिए ।
जयरामको पहिलो विवाह सन्तान नहुँदा विच्छेद भएको थियो । ५१ वर्षको उमेरमा लक्ष्मीसँग दोस्रो विवाह गरेका उनको यस पटक पनि सन्तान भएन । हाल उनीहरूको रेखदेख भतिजा कोकिल चेपाङले गर्दै आएका छन् । दम्पती वृद्ध भत्ताबाट जीवन निर्वाह गर्दै आएका छन् ।
नेपालमा चेपाङ समुदायको जनसंख्या करिब ८४,३६४ रहेको छ। तीमध्ये सबैभन्दा धेरै चितवन जिल्लामा ३५,६३७ जना बसोबास गर्छन्। मकवानपुरमा २३,६५०, धादिङमा १७,१६० र गोरखामा ४,२६८ जना चेपाङ समुदायका मानिस छन्। यो समुदाय मुख्यतः पहाडी र विकट क्षेत्रमा बसोबास गर्दै आएको छ। आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा पछि परेको यो समुदायले आधुनिक विकासका आधारभूत सेवा र सुविधामा सहज पहुँच पाउन सकेको छैन।
चेपाङ समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका क्षेत्रमा विविध चुनौतीहरूको सामना गरिरहेका छन्। परम्परागत रूपमा जंगलमा आधारित जीवनयापन गर्ने चेपाङ समुदाय अहिले पनि धेरै हदसम्म आत्मनिर्भर कृषि र प्राकृतिक स्रोतसाधनमा निर्भर छ। यद्यपि, बिस्तारै शिक्षाको प्रभाव र विकासका अन्य प्रक्रियाले यो समुदायलाई पनि परिवर्तन गरिरहेको छ।
पूर्वमन्त्री झाँक्रीका अनुसार जनता आवास कार्यक्रमको कार्यविधि चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका लागि प्रभावकारी छैन र यसमा संशोधन आवश्यक छ ।
चेपाङ समुदायले शिक्षा, स्वास्थ्य, रोजगारी र आवासका क्षेत्रमा विविध चुनौतीहरूको सामना गरिरहेका छन्। परम्परागत रूपमा जंगलमा आधारित जीवनयापन गर्ने चेपाङ समुदाय अहिले पनि धेरै हदसम्म आत्मनिर्भर कृषि र प्राकृतिक स्रोतसाधनमा निर्भर छ। यद्यपि, बिस्तारै शिक्षाको प्रभाव र विकासका अन्य प्रक्रियाले यो समुदायलाई पनि परिवर्तन गरिरहेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस