
नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग पार्टी सभापति शेरबहादुर देउवाले कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्।
सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।
हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएका छन् ।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिइरहेका छन् ।
नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री सङ्घीय सरकारमा सहभागी छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस