
भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो । यसअघि पोडुचेरीमा ३ र ५ वर्षका दुई बालबालिकामा एचएमपीभीको संक्रमण भेटिएको थियो । बच्चालाई ज्वरो र खोकी लागे पछि अस्पतालमा भर्ना गरिएको तर अहिले निको हुँदै गइरहेको बताइएको छ ।
भारतमा सबैभन्दा धेरै एचएमपीभी सङ्क्रमित गुजरातमा भेटिएका छन् । त्यहाँ यो सङ्ख्या ४ रहेको छ । त्यस्तै, महाराष्ट्रमा ३, कर्नाटक र तमिलनाडुमा २/२, र उत्तर प्रदेश, राजस्थान, आसाम र बंगालमा १/१ एचएमपीभी सङ्क्रमित भेटिएका छन् ।
एचएमपीभी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि राज्यहरूले सतर्कता बढाएका छन् । पञ्जाबमा वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ । गुजरातका अस्पतालहरूमा धमाधम आइसोलेसन वार्डहरू बनाउने काम भइरहेका छन् । हरियाणामा पनि स्वास्थ्य विभागलाई एचएमपीभी संक्रमितहरूमाथि नजर राख्न आदेश दिइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस