
गत असोज १२ गते अबिरल वर्षाको कारणले खसेको पहिरोले घर पुरिँदा त्यसभित्र थिचिएर रोइरहेका दोलखाको भीमेश्वर नगरपालिका–६ मैदानेका दुई वर्षीय बालकलाई समयमै पुगेर उद्दार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्रुधन महतो पुनः चर्चामा आएका छन् ।
इन्स्पेक्टर महतोको कमाण्डमा ‘मिलिजुली आफ्नो ठाउँ राम्रो बनाऔं’ भन्ने अभियानका साथ स्थानिय युवा, जनप्रतिनिधि र नेपाल प्रहरीको सहकार्यमा दोलखाको प्रसिद्ध दोलखा भिमसेन मन्दिर परिसर सरसफाइ गरिएको छ । जुन कामको अहिले पुनः सामाजिक संजालमा चर्चा भएको छ ।हिजो शुक्रबार मन्दिर परिसर सरसफाइ गरिएको इन्स्पेक्टर महतोले बताए । उनी प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन ।
पहिरोमा थिचिएका बालकको उद्दार गरेको भिडिओ सामाजिक संजालमा भाइरल भएको थियो । जुन कामको प्रशंसा गर्दै नेपाल प्रहरीको ६९औं स्थापना दिवसको अवसरमा उत्कृष्ट विपद व्यवस्थापन तर्फ महतो सम्मानित भएका थिए ।जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी निरीक्षक महतोलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुँवरले प्रशंसा-पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस