
चितवनको नारायणी नदी किनारमा चितवन महोत्सव २०८१ सुरु भएको छ । १५ औँ संस्करणको महोत्सवको एक भव्य समारोहका विच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्धघाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री उद्योगीहरुको समस्या समाधान गर्न ऐन बनाएर अगाडि बढ्ने बताए । ‘अहिले साना उद्योग होस्, घरेलु उद्योग होस् अन्य व्यवसायी हुन्। । सबैलाई साथ दिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ मन्त्री भण्डारीले भने, ‘सरकार तपाईहरुको समस्यालाई सामाधान गर्न तयार छ ।’ संघ र प्रदेशको धेरै कुरामा अन्तर विरोध रहेको भन्दै ऐन सच्चाउनुपर्ने उनले बताए ।
भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताए । उनले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिनुपर्ने धारणा राख्नुभयो । “नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातवरण तयार गर्नुपर्छ भनेर सरकनरले गृहकार्य सुरु गरिसकेको छ’’, उनले भने ।
उनले शासकीय व्यवस्थामै आवश्यकता अनुसार नीतिगत, प्रशासन सुधार गरेर पनि देशमा लगानीको वातवरण बनाउने बताए । “मेरो देश मेरो उत्पादित योजना सरकारले अघि सार्दै छ’’, उनको भनाइ छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा रहेको महोत्सव बिहिबार पुस २५ देखि सुरु भई माघ १० गतेसम्म आयोजना हुनेछ ।
महोत्सवमा पहिलो पटक चिनियाँ एक्सपोसहित सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसर गरि ४ सय ३० वटा स्टल रहको उवासंघ चितवनका अध्यक्ष एवंम् संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
केराको थामबाट रेखा निकाल्ने कामको यो वर्ष प्रत्यक्ष अवलोकन गराइएको छ । केराको थामको रेखालाइ कपडा बनाउने धागोका रुपमा प्रयोगमा ल्याउन सकिने भएकाले यसको प्रवद्र्धन गर्न म प्रहोत्सवमा यो प्रत्यक्ष अवलोकनका लागि राखिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने विश्वास लिइएको छ ।
आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा लिइएको उवासंघ चितवनका उपाध्यक्ष एवंम् महोत्सव प्रर्वद्धन समितिका संयोजक राजेन्द्र ओलीले जानकारी दिए् ।
महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिएको छ । अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएको थियो । पर्यटन र कृषिलाई मुख्य प्रथामिता दिएको महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्नेर ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने उवासंघ चितवनका अध्यक्ष एवंम् संयोजक सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रमले यो पटक नयाँ रौनकता थपेको बताए
कार्यक्रम भरतपुर महानगरकी मेयर रेनु दाहालले चितवनको विकासमा सफल सावित बन्दै गएको ठोरी नाका वन्द गराउनु दुखद् भएको भन्दै यसलाई छिटो सञ्चालन गर्न माग गरिन् । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठले बताए ।
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् । प्रवद्र्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लि. र नेपाल पर्यटन बोर्ड छन् ।
मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् । महोत्सवमा महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस