• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चिसो बढ्यो तर, चितवनमा छैन विपदको पूर्व तयारी

January 9, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
चिसो बढ्यो तर, चितवनमा छैन विपदको पूर्व तयारी

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

शीतलहरका कारण चितवन सहित तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ । तर चिसोबाट बच्नका लागि चितवनका स्थानीय तहले कुनै तयारी गरेको देखिदैन । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चिसोबाट हुन सक्ने घट्नालाई न्यूनिकरण गर्न अहिलेसम्म जिल्ला विपत् व्यवस्थापन समितिको बैठक समेत बसेको छैन ।

‘बुधबारदेखि चिसो अत्याधिक बढेको छ । भोली पनि यस्तै भएछ भने पालिका स्तरिय बैठक राख्छौँ,’ प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भने ‘अहिलेसम्म हाम्रो कुनै तयारी छैन ।’ विगतका वर्षमा चितवन जिल्लामा शीतलहर नर्मल अवस्थामा भएकाले तयारी हुन नसकेको उनले बताए ।

अहिले विपत न्यूनिकरणको लागि अधिकार स्थानीय तहलाई दिइएको छ । तर, अधिकार पाएपनि यहाँका स्थानिय तहले कुनै तयारी गरेको देखिदैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल केही दिनको अवस्थालाई हेरेर थप निर्णय लिने बताउँछिन् । ‘हिजो अस्ती चिसो खासै थिएन । आज बढेको छ । अहिलेसम्म चिसोबाट हुन सक्ने क्षतीको तयारी केही गरेका छैनौँ,’ महानगर प्रमुख दाहालले भनिन् ‘भोली तिर पनि यही अवस्था रहिरहे सल्लाह गरेर अगाडि बढ्छौँ ।’

भरतपुर विमानस्थलका अनुसार भरतपुरमा बुधबारको अधिकतम तापक्रम १३ डिग्री सेल्सियस थियो । चितवनमा बुधबार दिनभर शितलहर सहित कुहिरो र हुस्सु लागेको छ । अझ केही दिन तापक्रम घट्ने मौसम विभागको अनुमान छ ।

चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदाय हुने गर्दछन् । तर, जनप्रनिनिधिले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन समेत अनुरोध गरेका छैन । ‘चिसोबाट बच्नका लागि हामीले त्यही एउटा सूचना निकाल्ने हो । अहिलेसम्म निकालेका छैनौँ’, खैरहनी नगरपालिका प्रमुख शशीकुमार खानियाले भने ‘हामी पर्ख र हेरको अवस्थामा छौँ ।’

चितवन अति विपन्न समुदाय बस्ने जिल्ला समेत हो । यहाँ सिमानतकृत चेपाङ, मुशहर, बोटे लगायतका अति विपन्न समुदाय बसोबास गर्दछन् । राप्ती नगरपालिका प्रमुख शमशेर लामा विगतका वर्षमा चिसोका कारण राप्तीमा कुनै समस्या नदेखिएकाले विपत न्यूनिकरणमा कुनै तयारी नगरिएको बताए । ‘हामीले यो वर्ष शीतलहरको तयारी गरेका छैनौँ’,उनले भने ‘दुई तीन दिन यही अवस्था भए एउटा निर्णय लिन्छौँ।’

गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या हुने गर्दछ । उत्ता माडी नगरपालिकाले पनि अहिलेसम्म शीतलहरबाट जोगिनका लागि केही तयारी नगरेको उपप्रमुख खेम महत्तो बताउँछन् । ‘माडीमा चिसो त बढेको छ । चोक चोकमा दाउरा बाल्नु पर्ने हो । अहिलेसम्म केही गरेका छैनौँ’ उनले भने ‘केही दिन यस्तो भयो भने बाध्य भएर पनि गर्नुपर्ने होला ।’ चितवनको रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाले पनि अहिलेसम्म आवश्यक तयारी गरेका छैनन् । यद्यपि कालिका नगरपालिकाले चिसो बढेपछि पाँच दिन स्कुल बन्द गरेको छ । टोल टोलमा सूचना प्रवाह समेत गरेको नगरप्रमुख विनोद रेग्मीले बताए । ‘घाम लागेपछि खोल्ने गरी पाँच दिन स्कुल बन्द गर्ने निर्णय गरेका छौँ’, नगरप्रमुख रेग्मीले भने ‘टोलटोलमा जाडोबाट जोगिन सूचना प्रवाह भइरहेको छ ।’

शीतलहरका कारण कमजोर मानिसको मृत्यु हुने सम्भावना समेत अधिक हुन्छ । अहिले चिसोका बिरामीहरु अस्पतालमा आउने क्रम बढेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा हिजोआज दैनिक पाँच सयको हाराहारीमा मेडिसियन वार्डमा बिरामी आउने गर्दछन् ।

फिजिसियन डाक्टर प्रमोद पौडेलले भरतपुर अस्पतालमा हिजोआज घाँटी दुख्ने, खोकी लाग्ने ज्वरो र श्वासप्रश्वासका बिरामी बढी आउने गरेको बताए । जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न समेत उनले अनुरोध गरे । ‘चिसोमा दम, मुटु, उच्च प्रेसर र रोगसँग लड्ने क्षमता भएका बिरामीहरु क्यान्सरका बिरामीहरुलाई बढी जोखिम हुन्छ,’ उनले भने ‘यस्ता बिरामीले चिसोमा मनिङवाक गर्नुसमेत हुँदैन ।’ चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन उनले सुझाव दिएका छन् । मुटुका रोगी र दमका रोगीहरुले दाउरा बालेर धुवाँमा नबसन्न समेत उनले अनुरोध गरे ।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑