• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम मन्दिर निर्माण हुने

January 9, 2025 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
देवघाटमा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम मन्दिर निर्माण हुने

हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

तनहुँको देवघाट गाउँपालिका–५ मा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम मन्दिर निर्माण हुने भएको छ । मातापिता सेवा आश्रमको भने एक तिहाई भाग निर्माण भईरहेको छ । ३ सय ६५ वटा कोठा हुने मातापिता सेवा आश्रमको करिब १४० वटा कोठा निर्माणको अन्तिम चरणमा रहेको छ । साथै उक्त आश्रम परिसरमा देवघाट दिव्यधाम पनि निर्माण हुने भएको छ । चितवनको देवघाट स्थित विश्व जागरण महाअभियान ट्रस्टले उक्त महात्वाकांक्षी परियोजना निर्माण गर्न लागेको हो ।
images
images

ट्रस्टका संस्थापक सुप्रसिद्ध भागवत कथा वाचक इश्वरकृष्णजी माहाराजको सत्संकल्पमा ट्रस्टले उक्त महात्वाकांक्षी परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण आश्रम र दिव्यधामको निर्माण गर्न लागिएको ट्रस्टका अध्यक्ष डा.केशवराज भुर्तेलले बताए । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजले देवघाट दिव्यधाम र माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको बताए ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने ईश्वरकृष्ण महाराजले बताए । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । आश्रम निर्माणकोलागि करिब १३ करोडको लागतमा २० रोपनी जग्गा खरिद गरिसकिएको छ ।

आश्रम परिसरमा सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पत्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाइ हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ । उक्त दिव्यधामको यही पुस २७ गते शिलान्यास गरिने भएको छ ।

यिनै संरचना निर्माणलाई आर्थिक व्यवस्थापनमा सहयोग समेत होस् भन्ने उद्देश्यले यहि माघ १ देखी ३० गते सम्म देवघाट महा–महोत्सवको आयोजना गरिने भएको छ । महा–महोत्सवको कार्यक्रम अन्तर्गत यहि पौष २४ गते गणेश पूजन, भूमि शोधन, र आदिवास पूजन, २५ गते श्री नृसिंह महायज्ञ र महाशुदर्शन यज्ञ, पौष २७ गते देवघाट दिव्यधाम परियोजनाको शिलान्यास गरिने छ । माघ १ देखी ३० गतेसम्म वेणी संगममा २४ घण्टा निरन्तर हरिनाम संकीर्तनको व्यवस्था गरिनेछ । त्यस्तै विद्वान ब्राह्मणहरुको सहभागितामा १०८ श्रीमद्भागवतको पाठ गरिनेछ । त्यस्तै १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास समेत गरिनेछ । उक्त अपवसरमा ११ अर्ब रामनाम लेखन तथा पूजन र ३३ कोटी देवताको नाममा ३३ कोटी दीपहरुको प्रज्वलन समेत गरिने भएको छ ।

माघ महिनाभरि आयोजना गरिने यस विशेष कथाका माध्यमबाट धर्म, जीवनका मूल्य, र मान्यताहरुको महत्व बुझाउने उद्देश्य राखिएको छ । महोत्सवमा देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरुले आफ्नो ज्ञान, अनुभव, र दृष्टिकोणबाट भक्तजनहरुलाई धर्म, अध्यात्म, र जीवनका गूढ रहस्यबारे शिक्षित गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देश–विदेशमा प्रसिद्ध र ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा, प्राज्ञिक र मधुर शैलीमा प्रवचन गर्ने ख्यातिप्राप्त विदुषी पूज्या यशोदा माताजी तथा युवापुस्तामा आध्यात्मिक चेतना जगाउन युवा कथा वाचक ओमप्रकाश सुवेदीको विशेष कथा प्रवचन रहनेछ ।

महोत्सवमा करिब १० करोड रुपैयाँ आर्थिक संकलन हुने अपेक्षा राखिएको जनाईएको छ । महोत्सवका सम्पूर्ण आर्थिक गतिविधिहरु पारदर्शी रूपमा सञ्चालित गर्ने उद्देश्यले लेखापरिक्षकको नियुक्ति र क वर्गको बैंकबाट एकद्वार प्रणाली अन्तर्गत रहेर आयव्यय राख्ने व्यवस्था मिलाइएको छ भने महोत्सवको सम्पूर्ण हिसाब–किताब महोत्सवको समापनपछि एक महिनाभित्र सार्वजनिक गरिने महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण माहाराजले बताए ।

उक्त कार्यलाई नेपालका एकमात्र महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरिजी महाराज, १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराज, १००८ स्वामी श्री रमणानन्द गिरिजी महाराज, १००८ स्वामी श्री नाथाचार्यजी महाराज, तथा परमपूज्य श्री १००८ हरिशरण उपाध्यायजी महाराजको पवित्र आशीर्वाद र मार्गदर्शनमा अनि डा.श्रीवास कूष्ण दास ब्रह्मचारीको संयोजकत्वमा सम्पन्न गरिने ट्रस्टले जनाएको छ ।

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑