
सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ । नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।
पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए । गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु हुनुहुन्छ । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस