
नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन तयार भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक दस्ताबेज पेस गर्ने भएका हुन् ।
जुन प्रतिवेदन बिहीबार बसेको स्थायी समिति बैठकले पारित गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्षले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय गरिएको बताए । यस्तै उनले केन्द्रीय समितिमा आगामी कार्ययोजना, कार्य विभाजन, सांगठनिक, सांस्कृतिक लगायत विविध प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस