
नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । काठमाडौँको कालीमाटीस्थित निवासमा बिहीबार बिहान उहाँको निधन भएको हो ।
शाह २०४४ मा भारतका लागि नेपालको राजदूत नियुक्त हुनुभएको थियो ।
सन् १९७१ मा बङ्गलादेशको निर्माण भएपछि बङ्गलादेशका लागि शाह पहिलो नेपाली कार्यवाहक राजदूत हुनुभएको थियो ।
तत्कालीन सरकारले निजामती सेवाको उमेर हद ३० वर्ष कायम गरेपछि उहाँले परराष्ट्र सेवाबाट अवकास प्राप्त गर्नुभएको थियो ।
उहाँ बैंकर अनिल केशरी शाहकी आमा हुनुहुन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस