
संसारभर रहेका नेपालीहरुको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन हुनुभएको छ । काठमाडौंमा शनिवार सम्पन्न बार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चितवन घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आउनुभएको छ । एनआरएनए लगायतका संघसंस्थामा लामो समय काम गरेको अनुभव उहाँसंग छ । २५ बर्ष अघि स्थापना भएको संस्थाको हाल ३० देशमा शाखा छ । हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षमा रविन्द्र मिश्र हुनुहुन्थ्यो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस