
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी छिन् ।
शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवासमा पुगेर डा.राणाले स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि हमाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
केही दिनअघि स्वास्थ्य समस्या आएपछि भारतको दिल्लीस्थित अस्पतालमा उपचार पश्चात नगर प्रमुख हमाल हाल घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस