
चितवन । किड्स वल्र्ड मन्टेश्वरी भरतपुरको आयोजनामा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नं. १२ , मुनालचोकस्थित आफ्नै मन्टेश्वरी परिसरमा दन्त रोग सम्बन्धी विशिष्टकृत शिविर सम्पन्न गरिएको हो।
विशिष्टकृत उक्त दन्त शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.अजय न्यौपानेको मेडिकल टिममा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सरु थापा,डा.रबिन्स ढकाल,डा.चिरञ्जीवी पटेल लगायतको टोलीले मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, शिक्षक,अभिभावक र स्थानीयसहित १५० जनाको दाँतको चेकजाँच गरिएको मन्टेश्वरीकी प्राचार्य सावित्री खनालले जानकारी दिनुभयो ।
वरिष्ठ डेन्टल सर्जन डा.सरु थापाले शिविरमा दाँतको स्वास्थ्य परिक्षणको क्रममा अधिकांशको दाँत किराले खाएको , दन्त हर्साको समस्या, गिजा सुनिएको, बुद्धि बंगाराको समस्या देखा परेको बताउनु भयो । शिविरमा सहभागी सेवाग्राहीलाई डा.अजय न्यौपानेले मानव जीवनमा दाँतको महत्व, दन्तरोग लाग्नुको कारण , बच्ने उपायबारे सचेतना तथा परामर्श दिनुभएको थियो। कार्यक्रमको प्राविधिक सहयोग डा. अजय,सरु फाउन्डेसन र नारायणगढस्थित साईराम डेन्टल केयरले गरेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस